मनोज गजुरेल र रेखा थापा ‘बा आमा घर’सहयोग अभियानमा

गफगाफ -  हाँस्य कलाकार मनोज गजुरेल देखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको बा आमा घरको सहयोगमा जुटेका छन । सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उद्देश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ ।

वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथा विशिष्ट व्यक्तिको सम्मान सहितको बृहत सांस्कृतिक कार्यक्रम यहि असोज २२ गते साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा हुन लागेको हो । समाजसेवी बस्नेतले बेवारिसे लाश तथा बेसहारा बेवारिसेहरुको आफ्नै पहलमा सद्गत तथा व्यवस्थापन गर्दै आएका छन । केहि समयअघि मात्रै ‘बा आमा घर’को शिलान्यास माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नुभएको थियो । कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक डकुमेन्ट्री नदेखिएका आँशुुको प्रोमो समेत सार्वजनिक गरिनेछ ।

‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ अब यी बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतको अध्यक्षतामा एक्सन फर सोसल चेन्ज संस्थाले बिगत ३ बर्ष देखि काम गर्दै आइरहेको छ । समाजमा बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन । उनले अहिलेसम्म ११५ बेवारिसे शबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन ।  

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस