रामचन्द्रले मलाई भाउ नै दिनुहुन्न थियो — गायिका जुनु रिजाल

गफगाफ -  गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको  विवाह भएको १२ वर्ष पूरा हुँदैछ । १२ वर्ष अघि  मंसिर ९ गते उनीहरुको प्रेम विवाह भएको  हो । आगामी मंसिर ९ गते उनीहरुको वैवाहिक सम्बन्धले १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गर्दैछ । यी दईको भेट संगीतले नै गराएको हो ।  एक पटक एउटा गीतको लागि रामलाई गायिका   चाहिएको थियो । गायिकाकै खोजी भईरहेको बेला उनको भेट भयो जुनुसँग । इहि भेटले उनीहरुको सहयात्रा शुरु भयो । शुरु शुरुमा कामको शिलशिलामा भेट हुन्थ्यो । त्यहि भेटका क्रममा उनीहरु एकअर्काको नजिक भए ।

पहिलो भेटमै जुनुको आवाजले रामचन्द जुनुतर्फ आकर्षित भएका थिए । जुनुको आवाज र उनको गायकीले उनलाई प्रभाव पारेको थियो ।  त्यतिबेला गायिकाको लागि ओके गरेका उनले त्यसको केही समयपछि जीवन साथीकै रुपमा ओके गर्ने सोच बनाए । जुनुसँग कामको सिलसिलामा भेट्ने क्रममा उनी जुनुको मायामा परिसकेका थिए । त्यस्तै यता जुनुले पनि रामले आफूलाइ माया गर्ने छनक पाईसकेकी थिईन् । यहि कारण त उनले आफ्नी आमालाई नै रामचन्द्र काफ्लेले मलाई प्रपोज गर्छ कि लाईसकेको छ भन्दै आमालाई यो कुरा  सेयर गरिसकेकी थिईन् ।

पहिलो भेट भएको ६ महिलनापछि उनीहरु दुवै जनाले एकअर्कालाई मन पराउन थालेका थिए । रामले आफू प्रति गरेको व्यवहारले जुनुले रामले प्रपोज गर्ने अनुमान लगाएकी थिईन् । हुन पनि एक दिन यस्तै भयो । ट्याक्सीमा यात्रा गर्दै गर्दा रामले घुमाईफिराई भएपनि जुनुलाई प्रपोज गरिछाडे । त्यस बखतको उनीहरुको कुराकानी पनि निकै नै चाख लाग्दो थियो । रामले जुनुलाई आफ्नो बनाउन आफ्नो लाईफमा भएका अन्य केहीलाई साईड लगाउनु पर्ने कुरा गरे जुन कुराले जुनुलाई अचम्मित बनायो ।

तर उनलाई रामलाई मन पराउने र रामले पनि अलि अलि मन पराउने केही भएको थाहा थियो । कसैसँग पनि रामको गहिरो सम्बन्ध भने थिएन । जुनु भन्छिन् यदि उहाँको कसैसँग गहिरो सम्बन्ध हुन्थ्यो भने मेरो त चान्स नै थिएन । आफू रामसँग अफ्ेयरमा रहँदाको समय सम्झदै जुनुले भनिन्, भर्खरै लभ परेको बेलामा त प्रेमीकाले भनेको जे पनि मान्ने हुन्छन् नी त प्रेमी   । तर उहाँले त भाउ नै नदिने के मलाई । अचम्म लाग्ने । कुनै दिन घरसम्म पुर्याईदिनु न भन्यो भने नमान्ने । कहाँ त्यति माथि मण्डिखाटारसम्म आफै जाउ न भन्ने भन्या ।

जुनले यति भनिसकेपछि रामले थपे्, अहिले त यसको उल्टो भईरहेको छ । अहिले त उसले पेल्छ नि त मलाई हाँसो । जुनुले पनि विवाहको १२ वर्षमा यस्तचा कुराहरुमा परिवर्तन आएको बताईन् । वैवाहिक सम्बन्धको १३ वर्षमा प्रवेश गर्दा राम र जुनुकी ७ वर्षिय एक छोरी छिन् ।

रामचन्द्रले दुई साता अघि मात्रै एउटा गीत सार्वजनिक गरेका छन् । विदेशिएँ बोलको यस गीतमा विदेशमा पसिना बगाएर पैसा कमाउने र श्रीमतीको भर परेर विदेशमा बसेको श्रीमान्लाई श्रीमतीले धोका दिएको कथा समेटिएको छ । यस गीतलाई रामले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
यहि गीत सार्वजनिक भएको अवसर पारेर हामीले राम र उनकी श्रीमती गायिका जुनु रिजालसँग पीरतीका कुराकानी गर्ने अवसर पाएका हौँ । प्रस्तुत र राम र जुनुसँग गरिएको पिरतीको कुराकानी ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस