एसिड आक्रमणमा परेकी लक्ष्मीको भूमिकामा दीपिका

गफगाफ - अन्तिमपटक सिनेमा संजय लिला भंसालीको सिनेमा पद्मावतमा देखा परेकी अभिनेत्री दीपिका पादुकोण त्यसपछि कुनै पनि सिनेमामा देखा परेकी छैनन् ।
केही दिन अघिमात्रै उनले आफ्नै प्रोडक्सन हाउस खोल्ने खबर आएको  थियो । त्यस्तै हालै मात्र उनले प्रोडक्शन हाउस खोल्ने मात्रै हैन सिनेमामा मुख्य भूमिका समेत निर्वाह गर्ने खबर आएको छ ।

सिनेमामा उनले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्ने भएकी छिन् ।लक्ष्मीको जीवन भोगाईको कथा सुनेर दीपिकाले यो सिनेमा निर्माण गर्ने ईच्छा जाहेर गरेकी थिईन् । अहिले एसिड आक्रमणबाट पीडितहरुलाई सहयोग गर्ने एक एनजिओकी निर्देशक समेत रहेकी लक्ष्मी १५ वर्षको हुँदा उनलाई एकोहोरो प्रेम गर्ने ३२  वर्षका एक व्यत्तिले  एसिड प्रहार गरेका थिए ।  

उनलाई सन् २००५ मा एसिड प्रहार भएको थियो ।  एसिड आक्रमण पछि उनको पूरा अनुहार जलेको छ ।  लक्ष्मीको जीवन भोगाई निकै नै पीडादायक छ ।  कक्षा १० सम्म मात्रै अध्ययन गरेकी उनलाई ब्युटिसियनको काम आउँछ । तर उनलाई कसैले पनि काम दिँदैन । लक्ष्मी  स्टप एसिड अट्याक क्याम्पियनका फाउण्डर आलोक दिक्षिसँग लिभ ईनमा बसिन् ।  जसबाट उनका एक छोरी छिन् । तर छोरीको जन्म भईसकेपछि  उनीहरु अलग भए ।  अलग भएपछि छोरी सम्हाल्ने जिम्मा लक्ष्मीलाई नै छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस