हास्य र रोदनले भरिएको चलचित्र ‘चङ्गा चेट’

गफगाफ - चलचित्र ‘चङ्गा चेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्र्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री,सन्तोष खनाल लगायतलाई प्रस्तुत गरिएको छ । 
चलचित्र युनिटले केहि दिन अघि मात्र चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गरेको थियो । चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीत यतिबेला चर्चामा छ । माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका हुन । 
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेल को प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको पनि विशेष भूमिका रहेको बताइएको छ । चलचित्र कात्तिक १६ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपतिप्रसाद लाई दर्शकले रुचाएका थिए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस