छक्कापञ्जा ३ प्रदर्शनमा नआउदै दीपिका अर्को चलचित्रमा, पुष्पलसँग रोमान्स गर्ने

गफगाफ - अभिनेत्री दीपिका प्रसाईँ अभिनित चलचित्र छक्का पञ्जा ३ यति बेला प्रदर्शनको संघारमा छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिन बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । छक्का पञ्जा ३ प्रदर्शनमा नआउदै दीपिका अर्को चलचित्रको लागी फाइनल भएकी छिन् । चलचित्र अझै पनि निर्माण गरेकी निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रमा दीपिका प्रसाईँ फाइनल भएकी हुन् । चलचित्रमा अभिनेता पुष्पल खड्का पनि फाइनल भइसकेको बुझिएको छ । दीपिका र पुष्पलले पहिलो पटक चलचित्रमा रोमान्स गर्ने छन् । मुख्य कलाकार फाइनल भइसके पनि चलचित्रको नाम भने गोप्य राखिएको छ ।

चलचित्रको निर्देशन भने निर्देशक नवल नेपालले गर्ने बताइएको छ । गोप्य चलचित्रका निम्ति दीपिकाले ४ लाख माथि पारिश्रमिक लिएर लिखित सम्झौता गरेको बताइएको छ । उनीभन्दा अगाडि फिल्मका लागि साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, आँचल शर्मा, प्रियंका कार्कीसँग कुरा भएको थियो । फिल्ममा तीन हिरोइन हुनेछन् । 

यता पुष्पल पनि महसंचारले निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारीमा अभिनय गर्दै छन् । चलचित्र दाल भात तरकारीको छायांकन सम्पन्न भए पछि  उनि उक्त चलचित्रको छायांकन सुरु हुनेछ । निर्माण टिमकोको अनुसार  चलचित्रको छायांकन माघ १५ गतेबाट सुरु हुने छ । चलचित्र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस