स्वस्तिमा बनिन् टेम्पोचालक,रुचाउलान त दर्शकले ?

गफगाफ -अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एक पछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन । केही दिन अघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला दाल भात तरकारीको तयारीमा छिन् । त्येस सगै उनि  विकास राज आचार्यले निर्माण गर्न लागेको आगामी सिनेमा हजार जुनी सम्म मा पनि  अनुबन्धित भइसकेकी छिन् । चलचित्रका निम्ति भर्खरै छनोट भएका नव नायक अकी प्रधानले स्वस्तीमाको जोडी भएर काम गर्ने बताइएको छ । 

सिनेमा ‘होस्टेल रिटन्र्स’ मार्फत अभिनयमा डेब्यु गरेकी स्वस्तीमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो ।  निर्देशक तथा स्वस्तीमाका श्रीमान निश्चल बस्नेत संग सिनेमा ‘दुइ रुपैया’ मा समावेश ‘कुटमा कुटु’ बोलको गीतमा काम गरेपछि स्वस्तीमाको करिअर निरन्तर अघि बढेको छ । त्यस्तै यहि गीतको सफलता पछि उनले सिनेमा ‘छक्का पन्जा २’ मा काम गरिन्  । झक्का पञ्जा ३ मा पनि उनको विषेश भुमिका रहेको छ । छक्का पञ्जाको यो व्यानर सग काम गरेपछि उनको चर्चा अझ बढ्यो । त्यस्तै उनले अभिनय गरेको सिनेमा ‘नाइँ न भन्नु ल ५ पनि प्रदर्शनमा आईसकेको छ । चलचित्रले सफल व्यापाm गरेको थियो । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा जय भोले’ फूलपातीको दिन देखि प्रदर्शनमा आउँदैछ ।

सबै चलचित्रहरुमा भन्दा फरक भुमिकामा देखिन लागेको चलचित्र हो‘बुलबुल’ । नायिका स्वस्तिमा खड्का यितिबेला चलचित्र ‘बुलबुल’मा उनले निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले एक ट्याम्पु चालिकाको भुमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनको ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी बताइएको छ ।  

साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । नेपाली चलचित्र ‘साँघुरो’का लेखक बिनोद पौडेलले  यसै चलचित्र बाट निर्देशनमा डेब्यु गरेका छन् । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरेको छ । निर्माता अबिरल थापाले बताए अनुसार चलचित्रको रिलिज भ्यालेन्टाइन डेको अवसरमा हुने बताइएको छ । 
‘ नेपाली मिति अनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं,‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’ चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।  चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस