Tuesday, 26 Oct
01:00:00

दिपक दीपाले यसरी जन्माएका थिए, तितो सत्य

2018/09/10   Tek

गफगाफ-  हाँस्य टेलिश्रृंखला तितो सत्यले १२ वर्षको यात्रा पुरा गरेको छ । असोज २१ गते बिहिबारदेखि तितो सत्य केहि परिमार्जनसहित प्रसारण हुने छ । वि.सं २०६० साल भदौ ४ गते बिहिबारदेखि एनटिभीको पर्दामा तितो सत्य देखिन थालेको हो । तितो सत्य अघि पनि नेपाली टेलिश्रृंखलाहरु बन्ने गरेका थिए । जहाँ दिपकराज गिरी र दिपाश्री निरौला पनि देखिने गर्थे । तर, यी कलाकार क्लीक हुन सकेका थिएनन् । रेडियो कार्यक्रम राम विलास र धनीयाले भने उनीहरुलाई चिनाउन धेरै मद्धत गरेको थियो । यद्यपी, त्यो लोकप्रीयता उनीहरुको लागि पर्याप्त थिएन ।

टेलिभिजनमा स्थापीत हुनका लागि यो जोडिले निकै संघर्ष गर्यो । आफैँले हाँस्य टेलिश्रृंखला बनाउने आँट कस्यो । हिन्दी टेलिसिरियलहरुको दब्दबाकाबीच नयाँ टेलिश्रृंखला बनाउनु ठूलै चुनौति थियो । त्यहि पनि सफल हुने विश्वासका साथ डमी कार्यक्रम बनाए । एनटिभिलाई देखाए । पहिलो पटक बनाएको कार्यक्रम स्वीकृत भएन । विश्वासका साथ गरेको काम अस्वीकृत हुँदा दिपक र दिपा दुबैको आँखामा आशुँ थामीएनन् । फेरी उनीहरुले शाहस बटुले । अर्को कार्यक्रम बनाउने जर्मको गरे । मिडिया हबका सोम धिताल, तत्कालीन टेलिभिजनका महाप्रबन्धक तपनाथ शुक्ला र शम्भुजित बास्कोटा बोर्ड सदस्य थिए । उनीहरुको सहयोगमा नै तितो सत्य को सुरुवात भयो । १३ भाग टेलिफिल्म प्रसारणका लागि स्वीकृत भयो । कार्यक्रमको नाम तितो सत्य भने शम्भुजित बास्कोटाले राखिदिएका हुन् ।

१३ भाग प्रसारण स्वीकृति पछि २६ भागको स्वीकृति पायो । दर्शकले राम्रै रुचाए । सुरुका पाँच भागसम्म भने दिपक र दिपा, दिदी भाईको भूमिका थिए । त्यसपछि लामो यात्रा गर्नका लागि सहज बनाउँदै उनीहरु श्रीमान् श्रीमति बनेको दिपाश्री निरौला बताउँछीन् । दिदी भाईलाई भन्दा बढी श्रीमान् श्रीमतिको भूमिकालाई नै दर्शकले बढी मन पराए । त्यसैले १२ वर्ष श्रीमान् श्रीमति नै भएर बिताए । टेलिभिजनको पर्दामा हरेक हप्ता दम्पति बनेर देखिने भएकाले धेरैले यो जोडिलाई वास्तवीक दम्पति सम्झीने गरेका छन् । कतिपय ठाउँमा पुग्दा हामी श्रीमान् श्रीमति होइन भन्न पनि नसक्ने स्थिति आउने गरेको थुप्रै अनुभव दिपक र दिपासँग छ ।

तितो सत्यले दिपक र दिपालाई त स्थापीत बनायो नै । यसको साथमा यो टेलिश्रृंखलाले थुप्रै कलाकार जन्माएको छ । निर्मल शर्मा (गैंडा), राज आचार्य, रबि डंगोल (बेमान), गोपाल नेपाल (फिस्टे), गोपाल अधिकारी (ट्वाकेन्द्र), स्वीटी, पूर्ण थापा (सुब्बा) लगायतका कलाकारलाई लोकप्रीय बनाउन तितो सत्यको ठूलो हात छ । कलाकारले विभिन्न भूमिका निर्वाह गर्नु पर्छ । तर, १२ वर्षसम्म एउटै भूमिकामा दर्शकले मन पराई रहनुलाई पनि उनीहरुले सफलता र माया मानेका छन् । अब भने पात्रहरुको साथमा केहि भूमीका परिर्वतन गर्ने मानसिकतामा तितो सत्य पुगेको छ । तितो सत्य दर्शकको प्रिय बनोस । दिपक दिपाको जोडि निरन्तर यसै गरी अगाडि बढ्न सकोस् । शुभकामना । हेर्नुहोस भिडियो ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस