यसरी जन्मिएको थियो शिवहरिको ‘ मुखाँ हान्नु जस्तो ’

गफगाफ - कुनै समय दर्शकले निकै रुचाएको हास्य टेलिचलचित्र हो जिरेखुर्सानी । जितु नेपाल र शिवहरि पौडेलले संयुक्त रुपमा निर्देशन गरेको यो हास्य टेलिचलचित्रले समसामहिक विषयमा हास्य व्यंग्य प्रस्तुत गरेर दर्शकको मन जितेको थियो । यस हास्य टेलिचलचित्रमा उठान गरिएका विषय वस्तुलाई त दर्शलले रुचाएका थिए नै त्यस सगै जिरे खुर्सानीका पात्रहरुले प्रयोग गर्ने थेगो पनि उत्तिकै चर्चित बनेका थिए । 

हास्य टेलिचलचित्रमा प्रयोग भएका थेगो हरु मध्यको एक हो ‘ मुखाँ हान्नु जस्तो ’  । यो थेगोलाई जिरे खुर्सानीमा हास्य कलाकार शिवहरि पौडेलले प्रयोग गरेका थिए । जब उनले जिरे खुर्सानीमा यो थगोको प्रयोग गरे दर्शकले पनि उनको थेगोलाई अत्यन्तै रुचाए । विस्तारै उनको नाम हराउदै गयो र दर्शकले उनलाई मुखमा हान्नु जस्तो नामले नै चिन्न थाले । हाल जिरे खुर्सानी बन्द भै सकेको छ । तर पनि धेरै दर्शकहरुले शिवहरिलाई मुखमा हान्नु जस्तो नामले नै सम्वोधन गर्ने गर्छन् ।

यसरी जन्मिएको थियो मुखाँ हान्नु जस्तो 

जिरे खुर्सानी भर्खर मात्र सुरु भएको थियो तर त्यस हास्य टेलिचलचित्रमा ‘ मुखाँ हान्नु जस्तो ’ थेगो प्रयोग भएको थिएन । शिवहरि एक नेताको भुमिकामा थिए ।  जिरे खुर्सानीको दोश्रो श्रिंखलामा नेता एक कार्यक्रमा पुग्छ । उस्ले आफ्नो पिएलाई त्यस कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरुलाई समेत बोलाउनु भनेको हुन्छ । तर उ सहभागी हुने कार्यक्रममा केहि पनि पत्रकार आउदैनन् र उस्ले आफ्नो पिए लाई गाली गर्छ । र त्यहि गालीको क्रममा अचानक  ‘ मुखाँ हान्नु जस्तो ’ को प्रयोग हुन्छ ।

तर त्यो शिवहरि आफैलाई पनि ख्याल थिएन । त्यस पछि हुने अन्य केहि श्रिंखलाहरुमा त्यो थेगो प्रयोगमा आएन । एक दिन शिवहरि लाई एक दर्शकले भेटे र जिरे खुर्सानीको नियमित दर्शक भएको बताए । शिवहरिलाई उनै दर्शकले तापाइले तपाईको थेगो भन्नै छाड्नु भयो नि सोधे । त्यो समय शिवहरि आफै थेगोका बारेमा अनविज्ञ थिए । ति दर्शकले नै उनलाई भने तपाइले ‘ मुखाँ हान्नु जस्तो ’ थेगो प्रयोग गरेको साच्चै राम्रो छ ।

दर्शकको त्यो प्रतिकृया पछि शिवहरि ले त्यो थेगो सुने ।  उनलाई पनि प्रयोग गर्दा राम्रै हुन्छ भन्ने लाग्यो र उनले अन्य केहि साथी भाइ सँग पनि सल्लाह गरे र सबै बाट सकारात्मक टिप्पर्णी आए पछि  उनले ‘ मुखाँ हान्नु जस्तो ’ थेगोको प्रयोग गर्न थाले अन्तत त्येहि थेगोका कारण उनि दर्शकमाझ निकै लोकप्रिय बन्न सफल भए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस