सोनमको प्रतिकृयाले कंगना रुष्ट

गफगाफ - अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले १० वर्ष अघि आफूलाई यौन दुर्व्यवहार गरेको कुरा फेरि उठाएसँगै बलिवुड उद्योगमा हुने गरेको यौन दुर्व्यवहारको कुराले चर्को रुप लिईरहेको छ । अहिले बलिउडमा ‘मि टु ह्यासट्यागको आतंक मच्चिरहेको छ । यसै अन्र्तगत महिलाहरुले आफूमाथि भएका यौन दुर्व्यवहारको बारेमा खुलेर कुराकानी गरिरहेका छन् । पछिल्लो समय निर्देशक विकास बहलमाथि पनि सिनेमा बम्बे भेलभेटकी कु्र मेम्बरले सिनेमाको प्रमोशनल टुरका क्रममा विकासले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । यसमा सपोर्ट गर्दै अभिनेत्री कंगना रनावतले पनि मुख खोलिन् ।

उनले ती ‘पिडित महिलाको समर्थन गर्दै विकासको दुव्र्यवहार आफूले पनि सहनु परेको उल्लेख गरिन् । कंगनाले विकाससँग सिनेमा ‘क्वीन मा काम गर्दा विकासले आफूमाथि यौन दुर्व्यवहार गरेको उल्लेख गरिन् । कंगनाले भनेकी छन्, ‘उनी विवाहित भए पनि दिनदिनै नयाँ युवतीसँग सेक्स गरेको गफ दिन्थे । मसित अनावश्यकरुपमा टाँसिन्थे, मेरो कपालमा घुस्रिन्थे र भन्थे( तिम्रो कपालको सुगन्ध मलाई मन पर्छ ।कंगनाको यो बयान पछि अभिनेत्री सोनम कपूरले एक ईभेन्टमा उनको यो कुरामा प्रतिकृया जनाएकी थिईन् । सोनमले भनेकी थिईन्,  कंगनाले धेरै कुराहरु बोल्छिन् । कहिले काही त उनले भनेका कुराहरु पत्याउनै गाह्रो पर्छ । म उनको साहस र हिम्मतको तारिफ गर्छु ।

आफ्नो बारेमा सोनमले दिएको यो प्रतिकृया कंगनालाई फिटिक्कै मन परेन । यहि कारण उनले भारतको एक अनलाईन पोर्टलमार्फत यस विषयमा कुरा गर्दै भनेकी छिन्, सोनमले कंगनालाई विश्वास गर्न मुश्किल पर्छ भनेर भन्नुको मतलब केहो ?  मैले आफ्नो मि टु स्टोरी सेयर गर्दा मलाई जज गर्ने अधिकार उनलाई कसले दियो ?  सोनम सोनम कपूरसँग अरुलाई विश्वास गर्ने या नगर्ने भन्ने लाईसेन्स छ र ?

कंगनाले आफू हरेक कुराहरु स्पष्ट बोल्ने व्यक्ति भएको भन्दै सोनमलाई आफ्नो कुरामा किन विश्वास भएन भन्दै प्रश्न पनि गरेकी छिन् । उनले भनेकी छिन्, मैले  केही अन्तराष्ट्रिय मन्चमा युवा पे्ररणाको रुपमा भारतको प्रतिनिधत्व गरेकी छु ।  म आफ्नो बुवाको कारणले चिनिएकी हैन  । एक दशकसम्म संघर्ष गरेर मैले आफ्नो परिचय बनाएकी हुँ ।  जबकी सोनम न त  राम्रो अभिनेत्री हुन् न त राम्रो वक्ता  ।कंगनाले यसो भनेपछि सोनमले कस्तो प्रतिकृया दिने हुन् त्यस बारेमा अनुमान लगाउन भने मुश्किल छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस