> Gufgaf.com

रेडियो अडियो

छक्का पञ्जा ३ ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिंग खुल्ला

2018/10/08   मनोज

गफगाफ -  यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिंग खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापना का दिनबाट प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनका लागी एक दिन मात्र बाकी रहेका बेला चलचित्र युनिटले अग्रीम टिकट बुकिंग खुल्ला गरेको  हो । काठमाण्डौ उपत्यकाका करिव ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिंग गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंगको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।

शो खुला गरेको खवर बाहिरिना साथ क्युएफएक्स अन्र्तगतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षति गर्न सुरु गरि सकेका छन्  । शो खुला हुना साथ दर्शकबाट तिव्र रुपमा बुकिंग भइरहेको बताइएको छ । ‘छक्का पञ्जा २’ लाई भन्र्दा  ‘छक्का पञ्जा ३’ लाई क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको निर्माता गिरीले बताएका छन्  । दिपकराज गिरी,जितु नेपाल,केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी दीपिका प्रसाई ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस