gufgaf

‘छक्का पञ्जा ३’ सबैले हेर्न मिल्ने

2018/10/09   gufgaf
   

गफगाफ - सर्वाधिक प्रतिक्षित मानिएको सिनेमा छक्का पञ्जा ३ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितीले सिनेमाका सबै सिनहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई यु सर्टिफिकेट दिएको हो ।  यसको मतलब  अब यो सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने छन् । यो सिनेमा भोलि अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । मल्टिप्लेक्समा ८५ शो पाएको छक्का पञ्जा ३ ले  गत वर्षको छका पञ्जा २ भन्दा ६ शो बढी पाएको हो । सार्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंग समेत खुल्ला गरिसकेको छ ।
हिजो देखि शुरु भएको टिकट बुकिंग आक्रामक भईरहेको निर्माण पक्षले जनाएको छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको यस सिनेमामा दीपक राज गिरी, दीपिका प्रसाईँ,    जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस