प्रेमनाथ’को सकियो सुटिङ,नयाँ नायिकाको डेव्यु

2018/10/09   gufgaf

गफगाफ -चलचित्र ‘प्रेमनाथ’को सुटिङ सम्पन्न भएको छ । चलचित्रका केहि दृष्य गर्न बाँकी भए पनि चलचित्रको करिव ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।  चलचित्रका निर्देशकका अनुसार प्रारम्भिक चरणको सम्पादनको काम पनि सुरु भइसकेको छ । नव नायिका कृति गौतमले डेव्यु  गरेको चलचित्र प्रेमनाथको सुटिङ कपिलवस्तु, दाङ, रोल्पा लगायतका ठाउमा गरिएको बुझिएको छ । 
चलचित्र प्रेमनाथ नेपाल सगै भारतमा समेत रिलिज गर्ने तयारी चलचित्र निर्माण टिमले गरेको छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका बुझिएको छ । चलचित्रको रिलिज भने २०७६ को  जेठमा गर्ने तयारी भइरहेको बुझिएको छ । चलचित्रको निर्देशन गणेश बेलबासेले गरेका हुन् । ‘उहिले बाजेको पालामा’ पछि बेलबासेले चलचित्र ‘प्रेमनाथ’को निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कपिलप्रसाद द्वा हुन् । चलचित्रमा भरत क्षेत्रीको द्वन्द्व रहेको छ भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । चलचित्रका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर सुन्न सकिन्छ ।

चलचित्रमा कमल गाउँले, निर शाह, कृति गौतम, सुरबिर पण्डित, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, मोनालिसा विष्ट, सम्झना भेटवाल, पूजा रिमाल लगायतको अभिनय रहेको छ भने निर्देशक गणेश बेलबासेले पनि चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा निर्देशक बेलबासे खलनायकको रुपमा प्रस्तुत भएको बुझिएको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस