राम्रो सिनेमा पस्किने प्रयास गरेका छौँ— दीपाश्री निरौला

गफगाफ - दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा छक्का पञ्जा ३ घटस्थापना अर्थात असोज २४ गते देखि प्रदर्शनमा आउँदैछ । यतिबेला सिनेमाको प्रचार प्रसार समेत अन्तिम चरणमा पुगेको छ ।  मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छक्का पञ्जा वर्षकै बहुप्रतिक्षित सिनेमा हो । यस हिसाबले पनि यो सिनेमाको आक्रामक शुरुवात गर्ने देखिन्छ ।

निर्माण पक्षले यो सिनेमामा विशेष मेहनत गरेको छ । सिनेमा हेरिसकेपछि सकेसम्म दर्शकले भन्ने मौका नमिलोस् भन्ने उद्देश्यले नै निर्माण पक्षले काम गरेको देखिन्छ । यहि कारण त सिनेमाका केही सिनहरु अन्तिम चरणमा आएर फेरि छायाकंन गरिएको थियो ।सिनेमाको काम सकिसकेर सम्पादनमा बस्ने क्रममा निर्माण पक्षलाई केही सिन चित्त नबुझेपछि ती सिनहरुको पुन छायाकंन गरिएको थियो ।

यसविषयमा कुराकानी गर्दै निर्देशक दीपाश्री निरौलाले आफूहरुले सकेसम्म दर्शकलाई राम्रो सिनेमा दिन चाहेका कारण  सिनेमामा विशेष मेहनत गरेको बताईन् । उनले यस पटक दर्शकका लागि आफूहरुले राम्रो सिनेमा दिने प्रयास गरेको बताएकी छिन् । यस सिनेमामा दीपक राज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस