अलोकनाथलाई बलात्कारको आरोप

गफगाफ -  पछिल्लो केहि दिनमा बलिवुडमा एउटा प्रसंगले चर्चा पाएको छ त्यो हो यौन दुर्व्यवहार । केही दिन अघि मात्रै अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले १० वर्ष अघि आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरेपछि यो प्रसंगले चर्को रुप लिईरहेको छ । यस विषयमा अभिनेत्रीहरु तथा बलिवुडमा सक्रिय महिलाहरुले पुराना कुराहरु पनि सार्वजनिक गरिरहेका छन् । नाना पाटेकर, निर्देशक विकास बहल, र कमेडीयन उत्सव चक्रवर्ती पछि अभिनेता ओालकनाथ माथि निर्माता विनता नंदाले बलात्कारको आरोप लगाएकी छिन् । विनताले दुई दशक अघिको कुरा अहिले सार्वजनिक गरेकी छिन् ।


उनले आलोकनाथले आफूलाई मदिरा खुवाएर विनताकै घरमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।  सामाजिक सञ्जालमार्फत यो कुरा सार्वजनिक गर्दै उनले आलोकको नाम त लिएकी छैनन् तर उनले सिनेमा र टेलिभिजन दुनियामा संस्कारी  भनेर चिनिने भन्दै आलोकलाई चिनाएकी छिन् ।

विनताले सामाजिक सञ्जाल फेसबुकमार्फत  आलोक नाथको नाम सिधै नलिएर संस्कारीको नाम दिएर उनको बारेमा यस्तो कुरा लेखेकी छिन् । आफूमाथि बलात्कारको आरोप लागेपछि भारतीय च्यानलसँग कुराकानी गर्दै आलोकले आफूलाई यस्तो आरोप लागिसकेपछि  समयसँगै स्पष्ट हुने बताएका छन् ।  उनले आफू यस बारेमा धेरै बोल्न नचाहेको र यो कुरा उठिसकेपछि यसको बारेमा अन्य धेरै कुराहरु पनि अवश्य आउने बताए ।

खासमा यो १९९० को दशकको कुरा हो । त्यसताका टेलिभिजानमा तारा नामको सिरियल आउँथ्यो । यस सिरियलका मुख्य अभिनेता आलोकनाथ थिए भने विनता नन्दा यसकी निर्माता । कामको क्रममा एकदिन आलोकले नै विनतालाई घर छोडिदिए । त्यहि दिन आलोकले विनतालाई मदिरा खुवाएर बलात्कार गरे । यो कुरा विनताले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छिन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस