सर्वाधिक प्रतिक्षित चलचित्र छक्कापञ्जा तिन आजबाट अल नेपाल प्रदर्शनमा

गफगाफ -  धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जा तिन रिलिजको दिन कहिले आइ पुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस बर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट अल नेपाल प्रदर्शनमा आएको छ । नेपाली चलचित्र सधै शुक्रवार बाट प्रदर्शनमा आउने भए पनि दशैको घटस्थापना लाई केन्द्रित गर्दै चलचित्र आज बाट प्रदर्शनमा आएको हो । हास्य कलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सगै शिक्षा समेत दिने प्रयास गरेका छौ । चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथाबस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए । ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् ।

चलचित्रमा समाबेश पहिलो नम्वरमा बोलको गीतले छोटो समय भित्रमा नै दर्शकको राम्रो साथ पायो युटुवमा १ करोड भिउ पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर शेलिव्रेशन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीतले  हालको दिन सम्ममा १ करोड ६४ लाख ३ हजार ६ सय ५० भिउ कटाइ सकेको छ ।  यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको उक्त गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भए सगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको थियो । यस अघि आमा सरस्वती मुभिज प्रा लि मा बनेका चलचित्र सीने बजारकै उदाहरणिय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

यो व्यानमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसी ले निर्देशन गरेका थिए । हास्य टेलिश्रींखला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको उक्त चलचित्रलाई दर्शकले राम्रो साथ दिए । पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र सोहि टिमले अर्को चलचित्र वडा नम्वर ६ निर्माण गर्यो । चलचित्र वडा नम्वर ६ लाई उज्वल घिमिरे ले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो । चलचित्र वडा नम्वर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो । राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो ।

वडा नम्वर ६ पछि सोहि टिमले चलचित्र छक्का पञ्जाको निर्माण गर्यो । हास्य कलाकार दिपाश्री निरौलाले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेकी थिइन् । चलचित्र छक्का पञ्जा बाट दिपाश्री निरौलाले गरेको काम प्रति सबैले सम्मान व्यक्त गरेका थिए । चलचित्र छक्का पञ्जा चलचित्रको इतिहास मै सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो । त्यस्तै उनै दिपाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा २ ले पनि विभिन्न रेकर्ड राख्न सफल भएको थियो । चलचित्रले प्रदर्शन भएकै दिन करिव १ करोड ७० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । मुख्य कुरा के हो भने दिपक राज गिरी दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको यो सहकार्यले नेपाली चलचित्र क्षेत्रको नै शिर उच्च बनाउने काम गरेको छ ।

यो टिमले निर्माण गरेको चलचित्र आफैमा ब्रान्ड बनिसकेको छ भने नेपाली चलचित्र नगरीमा राम्रो चलचित्र दिन सके करिव २० करोडको व्यापार हुन असम्भव नभएको प्रमाणित नै गरिसकेको छ । कुनै समय सामान्य नायिका हुदै हास्य कलाकारका रुपमा स्थापित भएकी दिपाश्री निरौला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी गहना सावित भएकी छन् ।  आज बाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ मा दिपक राज गिरी, जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ, दिपिका प्रसाई लक्ष्मि गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राइ,निर शाहा,यमन श्रेष्ठ, किरण केसी, सारदा गिरी,लागायतका कलाकारहरु मुख्य भुमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की,वर्षा राउत, सन्जोग कोइराला,स्वस्तिमा खड्का लगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांनकन रहेको छ ।

चलचित्रमा अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी,केदार घिमिरे,जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्री बाहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् । दिपकराज गिरी,जितु नेपाल,केदार घिमिरे,दिपेन्द्र खनिया,सुमन गिरी भान्जा, शिवहरि पौडेल, किरण केसी,तारा चन्द्र बजगाई, पुरुशोत्तम प्रधान,केशव नेउपाने चलचित्रका निर्माता हुन्

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस