बलात्कारको आरोपपछि आलोकनाथ बिरामी

बलिवुडमा यतिबेला चलिरहेको मि टु क्यम्पियन मार्फत मंगलबार निर्माता तथा निर्देशक विनता नन्दाले अभिनेता आलोकनाथलाई बलात्कारको आरोप लगाईन् । उनले ९० को दशकमा सिरियल ताराको समयमा आलोकले आफूलाई आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।  

आफूलाई यस्तो आरोप लागेपछि आलोकनाथको स्वास्थ्य स्थिती बिग्रिएको छ । आलोक नाथका वकिल अशोक सरावगीले भारतीय मिडियासँग  आलोक अहिले अस्वस्थी भएको र उनलाई नभएको आरोप लागेका कारण दिमागमा असर परेको बताएका छन् । उनले आलोक ठिक भएपछि मिडियासँग कुरा गर्ने पनि स्पष्ट पारेका छन् । 

तारा सिरियलको बेलामा भएको झगडाको कुरालाई विनताले अहिले आएर यसरी सार्वजनिक गरेको आलोकका वकिलको भनाई छ । 

बलात्कारको प्रसंग तातिएको बेला भारतीय मिडियामा सन् १९९९ को सिनेमा हम साथ साथ हैको समयमा पनि आलोक नाथले एक कु्रमेम्बरलाई जबरजस्ती गरेको कुरा सार्वजनिक गरेका छन् । 

तर जसले आलोकले यौन शोषण गरेको आरोप लगाएकी छिन् उनले आफ्नो नाम भने सार्वजनिक गरेकी छैनन् । उनले सिनेमाको छायाकंनको क्रममा एक दिन आलोक नाथले उनकै अगाडि नाङगै कपडा फेरिरहेका थिए । यो देखेर उनी त्यहाँबाट बाहिर जाने कोशिष गरिरहेकी थिईन् तर आलोकले उनको हात समातेर जबरजस्ती गर्न खोजेका थिए ।
एउटा समस्यामा थपिएको अर्को समस्यालाई  आलोकले कसरी ह्याण्डिल गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस