gufgaf

छक्कापञ्जा ३ ओपनिङ मै आक्रमक व्यापार

2018/10/10   gufgaf
   

गफगाफ -  घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र छक्कापञ्जा ३ ले बिहानै बाट आक्रमक व्यापार गरिरहेको छ । नेपालका सबै हलमा सोलो रिलिज पाएको छक्का पञ्जा ३ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ । चलचित्र रिलिज अघि नै बुकिंग खुल्ला भएका कारण दर्शकलाई चलचित्र हेर्नका निम्ति पनि निकै सहज भएको छ ।

हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौ । पहिले भन्दा फरक देखाउने प्रयास गरेका छौ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छाँै भनेर विश्वास गर्नु भयो यो नै हाम्रा लागी महत्वपुर्ण कुरा हो, चलचित्र की निर्देशक दिपाश्री निरौलाले भनिन् । चलचित्र छक्का पञ्जा ३ का निम्ति काठमाण्डौ उपत्यकाका सबै जसो मल्टिप्लेक्स हलहरुमा उच्च शो दिइएको छ ।

हामीलाई पहिलेका चलचित्रहरुमा शिक्षा दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर हामीले छक्का पञ्जा ३ बाट मनोरञ्जन सगै शिक्षा पनि दिने प्रयास गरेका हौ र आज दर्शकले मन पराउनु भएको छ  चलचित्रका निर्माताा एवम् कलाकार दिपकराज गिरीको भनाइृ थियो । चलचित्रमा शिक्षा क्षेत्रमा हुने लापरवाहिलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । विशेष त सरकारी विध्यालयमा हुने राजनितिले शिक्षामा पुर्याएको असरलाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।  घटस्थापनाका दिन सार्वजनिक विदा नभए पनि हलमा दर्शकको भिड लागेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस