यस्तो देखियो ‘सय कडा दश’ को पहिलो पोस्टर

2018/10/10   gufgaf

गफगाफ -  राम शरण पाठकको लेखन तथा निर्देशन रहेको सिनेमा सय कडा दश को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको फस्ट लुक स्वरुप निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा कलाकार राजाराम पौडेल, मनोज गजुरेललाई विशेष प्राथमिकता दिईएको छ ।

यस सिनेमामा मनोज गजुरेल र राजाराम पौडेलका अलावा अमृत ढुंगाना र करुणा श्रेष्ठ,  रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथर लगायतका स्थानहरुमा छायाकंन गरिएको सिनेमामा भ्रष्टाचारको विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको कथा समेटिएको छ ।

उत्तम खत्री  र रज्जु प्रधानले निर्माण  गरेको यो सिनेमा  दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो । सिनेमामा रामेश्वर कार्कीको छायाकंन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस