Tuesday, 26 Oct
01:00:00

‘राधा २’ बन्यो ‘प्रेमदिवस’

2018/10/11   gufgaf

गफगाफ -  कात्तिक ८ गतेबाट बाट छायांकन सुरु गर्ने भनिएको चलचित्र ‘राधा २’ को नाम पािरवर्तन गरिएको छ । सुरुवातमा चलचित्र राधा कै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर चलचित्र निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरिएको छ । योगेश घिमिरेले निर्देशन गर्न लागेको उक्त चलचित्रको नाम ‘प्रेमदिवस’ राखिएको छ ।

काठमाण्डौको मैतिदेवी मन्दिरमा चलचित्रको शभमुहर्त गर्दै नाम परिवर्तन गरिएको जानकारी दिइएको थियो । समारोहमा निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदिप भारद्धाजको उपस्थिती थियो ।

चलचित्रमा रियल जोडी प्रियंका कार्र्की र  आयुष्मान देशराज जोशीले रोमान्स गर्ने पक्का भइसकेको छ । नायिका प्रियंका कार्कीलाई पहिले नै अनुबन्ध गरिए पनि नायक आयुष्मान देशराज जोशीलाई केहि दिन अघि मात्र अनुबन्ध गरिएको थियो । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत रहने छ ।  सांगीतिक लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा हरि लामाको छायांकन रहनेछ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस