Tuesday, 26 Oct
01:00:00

टिमसँग सम्बन्ध बिग्रिएको छैन — दीपिका प्रसाईँ

2018/10/11   gufgaf

गफगाफ -  आमा सरस्वती मुभिजको ब्यानरमा बनेको सिनेमा छक्का पञ्जा ३ हिजो देखि प्रदर्शनमा आएको छ । सिनेमाको शुरुवाती कारोबार नै आक्रामक भएको छ । बुधबार देशभरका सबै हलमा ९० प्रतिशत अकुपेन्सी भएको निर्माण पक्षले जनाएको छ । यस पटक सिनेमाले उठाएको विषयवस्तु दर्शकले अत्यधिक रुचाएका छन् । पहिलेको तुलनामा छक्का पञ्जाले कम हँसाएको भएपनि सिनेमाले उठाएको विषयवस्तु राम्रो भएको धेरैको प्रतिकृया छ ।

यो टिमसँग पहिलो पटक जोडिएकी र सिनेमामा मुख्य भूमिकामा प्रस्तुत भएकी अभिनेत्री दीपिका प्रसाईँको कामको पनि चौतर्फी तारिफ भईरहेको छ । दीपिकाको यो दोस्रो सिनेमा हो । दोस्रो सिनेमा पछि दीपिकाको करिअर फस्टाउनेमा दुईमत छैन । हालै मात्र उनी नवल नेपालको  आगामी सिनेमाका लागि पक्का भईसकेकी छिन् । त्यस्तै अन्य केही सिनेमाको लागि पनि कुरा भईरहेको जानकारी गफगाफलाई मिलेको छ ।

दीपिका छक्का पञ्जा ३ को प्रचारमा कम हिँडीन् । इहि कारण पनि कतिलाई उनको र निर्माण पक्षको सम्बन्ध चिसिएको अनुमान लगाए । तर दीपिकाले भने यस बारेमा कुरा गर्दै  आफ्नो र निर्माण पक्षको सम्बन्ध राम्रो भएको बताएकी छिन् । उनले सार्वजनिक भएका यी सबै खबरहरु गलत भएको उल्लेख गरेकी छिन् । हमीसँग कुराकानी गर्ने क्रममा दीपकाले आफ्नो एउटा बानीको बारेमा बोल्दै आफूलाई क्राईम पेट्रोलको लत लागेको बताईन् । उनले दिनमा एउटा क्राईम पेट्रोलको एपिशोड नहेरेसम्म निन्द्रा नलाग्ने पनि खुलाईन् । क्राईम पेट्रोल भारतीय च्यानल सोनी ईन्टरटेनमेन्टबाट प्रसारण हुने शो हो जसमा देशमा भएका विभिन्न अपराधहरुलाई देखाईन्छ ।
उनले छक्का पञ्जा ३ को छायाकंन गाउँमा गर्ने क्रममा क्राईम पेट्रोलका केही एपिशोडहरु छुटेको र पछि होटेल वा घरमा आएपछि हेरेको पनि बताईन् । यस्तै दीपिकाको बारेमा अन्य कुरा थाहा पाउन यस मै छ मजाको पूरा भिडियो हेर्नुहोस् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस