‘पहिलो नम्वरमा’ पछि ‘गोजीमा दाम छैन’ लाई करोड भिउ

गफगाफ -  भनिन्छ चलचित्र चल्ने र नचल्ने भन्ने कुरा चलचित्रमा समावेस गीतले पनि भविस्यबाणी गरिदिन सक्छ । पछिल्लो समय हरेक चलचित्रमा एउटा न एउटा लो शैलीको गीत समाबेश गर्ने चलनको विकास भएको छ । नभन्दै त्यस्ता गीत संगीतलाई दर्शकले पनि राम्रै रुचाउदै आएका छन् । यसै बिच चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ ।

यो गीतलाई पनि लोक शैलीमा नै निर्माण गरिएको छ भने गीतले व्यवहारिक कुरालाई नै झल्काएको छ । विशेषत युवा पुस्तामा यो गीत निकै चर्चित बनेको छ । यो गीतलाई हरिहर तिमिल्सिनाले लेखेका हुन । यो गीतलाई राजनराज सिवाकोटीले संगीत गरेका छन् भने राजनराज स्वयम् र मेलिना राइको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्र्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा र सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

यस अघि प्रदर्शन रत चलचित्र छक्का पञ्जा ३ मा समबेश पहिलो नम्वरमा बोलको गीतले पनि छोटो समयमै एक करोड भिउ कटाएको थियो । माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको यस चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भए सगै यस चलचित्रको चर्चा थपिएको छ । ट्रेलर लाई पनि दर्शकले रुचाइएका छन्  । चलचित्र कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस