फागूण १७ मा ‘जात्रै जात्रा’

2018/10/12   gufgaf

गफगाफ -  चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘जात्रै जात्रा’ प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा बन्न लागेको हो । चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु गर्ने गरि तयरी अघि बढाइएको छ । सिंगे लामा र यादव पौडेलको लगानी रहने चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहने छ भने मित्र डी गुरुङको सम्पादन रहने छ ।

कार्यक्रमका विशेष अतिथी रहेका वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’ले हालसम्म कै नयाँ रेकर्ड बनाउनका निम्ति शुभकामना दिए । चलचित्रका निर्देशक प्रदिप भट्टराइले आफ्नो लागी ‘त्र’ अक्षर निकै लक्की भएको बताउदै चलचित्र जात्रामा जस्तै ‘जात्रै जात्रा’ लाई पनि दर्शकको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले चलचित्र ‘जात्रै जात्रा’ को कथा ‘जात्रा’को भन्दा पनि उत्कृष्ट भएको र दर्शकबाट पनि साथका अपेक्षा भएकाले चलचित्र निर्माण गर्न लागेको बताए ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्र युनिटले फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस