Tuesday, 26 Oct
01:00:00

फस्ट लुक्समा यस्तो देखियो अनमोल र सुहानाको जोडी 

2018/10/12   Gufgaf

गफगाफ/ झरना थापाको निर्देशनमा बन्न लागेको सिनेमा ए मेरो हजुर ३ को फस्ट लुक सार्वजनिक  गरिएको छ । शुक्रबार बिहान सिनेमाको प्रदर्शन मिति तोक्दै निर्माण पक्षले सिनेमाका दुई पोस्टर सार्वजनिक गरेको छ  । यो सिनेमा चैत्र २९ मा प्रदर्शन हुने भएको छ ।  सार्वजनिक पोस्टरमा अभिनेता अनमोल केसी र नव अभिनेत्री सुहाना थापालाई समेटिएको छ । पोस्टरमा अनमोल र सुहानाको जोडी सुहाएको छ । 

उता अनमोलको मुख्य भूमिका रहेको सिनेमा क्याप्टेन  फाुगन १७ देखि प्रदर्शनमा आउने भएको छ ।  अनमोलको क्याप्टेन फागुनमा आउने भएपछि ए मेरो हजुर ३ चैत्रमा नआउने अनुमान धेरैको थियो । 
तर यो अनुमान गलत भएको छ । किनभने निर्माण पक्षले सिनेमा चैत्रमै  प्रदर्शन गर्ने भएको छ । यसरी दुई महिनामै अनमोलका दुई वटा सिनेमा प्रदर्शनमा आउँदा दर्शकले साथ देलान् कि नदेलान् भन्ने आशंक पनि उत्पन्न भएको छ । 

सुनिलकुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा तयार हुन लागेको सिनेमा ए मेरो हजुर ३ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ । 
यस सिनेमामा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको पनि मुख्य भूमिका रहने छ । सिनेमा म्यूजिकल लभ स्टोरी जनरामा बन्न लागेको छ ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस