छक्का पञ्जा ३ ले कमायो २ दिनमा २ करोड

गफगाफ - चलचित्र छक्का पञ्जा ३ ले रिलिज भएको दिन बम्पर ओपनिङ गर्न सफल भयो  । यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छक्का पञ्जा ३ ले धेरै दर्शकको मायाँ पाइरहेको छ । चलचित्र घटस्थापनाका दिन बाट प्रदर्शनमा आएको छ । चलचित्रले रिलिजको पहिलो दिननै १ करोड ३० लाखको ग्रस कलेक्शन गर्न सफल भएको बताइएको छ । वुधबारबाट नै देशैभरका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको गरिरहेको बताइएको छ ।

रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार सोचे अनुरुप नै भएको बताइएको छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए । दुई दिनको व्यापारलाई हेर्ने हो भने चलचित्रले करिव २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ । आमा सरस्वती मुभिज प्रा लि को व्यानरमा निर्माण भएका यस अघिका चलचित्र हरुलाई सन्देश विहिन भएको आरोप लाग्ने गरेको थियो । तर यस पटक भने चलचित्रमा मनोरञ्जन सगै गतिलो विषय वस्तुको समेत उठान गरिएको छ । यसपटक उठान गरिएको बिषयवस्तुलाई दर्शकले रुचाएका छन् । चलचित्रले सरकारी विध्याले शिक्षामा गरिरहेको लापरवाहिलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । 

आज शुक्रवार पनि उपत्यकाका अधिकांश मल्टिप्लेक्स हलहरु हाउसफुल रहेको बताइएको छ । सनिवार भएकाले आजका तुलनामा भोली सनिवारका निम्ति आक्रमक रुपमा चलचित्रको अग्रीम टिकट बुकिङ भइरहेको निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ,लक्ष्मि गिरी,निर शाहा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा प्रियंका कार्की, सन्जोग कोइराला,स्वस्तिमा खड्का,वर्षा राउत लगायतका कलाकारहरुको समेत विशेष भुमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस