Tuesday, 26 Oct
01:00:00

बकम्फुसे राजा फुलपातीमा

2018/10/12   gufgaf

गफगाफ - संचारकर्र्मी प्रकाश सुवेदी डेव्यु निर्देशनमा बन्न लागेको चलचित्र बकम्फुसे राजा को छायांकन फागूण १३ गतेबाट सुरु हुने पक्का भएको छ । चलचित्रको औपचारिक घोषणा दशैको घटस्थापनाका दिन गर्ने तयारी गरिएको थियो । तर चलचित्रका निर्देशक प्रकाश सुवेदीले चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएका कारण कार्यक्रमको आयोजना गर्न नसकेको बताए ।

निर्देशक सुवेदीले चलचित्रको सम्पूर्ण जानकारी छायांकनको दिनमा नै दिने तयारी भइरहेको गफगाफलाई बताए । छायंकन अघि नै चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छ । चलचित्र बकम्फुसे राजा २०७६ को दशैको फूलपातिका दिन  रिलिज गर्ने घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ राई, बर्षा राउत, नीता ढुंगाना लगायतका कलाकारहरुले काम गर्ने पक्का भैसकेको छ । चलचित्रमा वर्षा सिवाकोटी लाई पनि अफर गरिएको थियो तर अन्तिम समयमा आएर उनले चलचित्रमा काम नगर्ने बताएकी थिइन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस