नया“ स्वादमा साइ“ली र माइली पोइला गएछन्

गफगाफ - ‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नया“ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देश्ँक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइ“ली र माइलीको भूमिका निर्वाह गरेका छन् । हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइ“ली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्ष्ँेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भिर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।

यस्तो छ सा“इली र माइलीको म्युजिक भिडियो

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस