यस्तो छ चलचित्र छक्का पञ्जा ३

2018/10/13   gufgaf

गफगाफ - यस वर्षकै प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ यतिबेला प्रदर्शन भइरहेको छ । आमा सरस्वती मुभिज प्रा लि को व्यानरमा निर्माण भएको चलचित्रले ओपनिङ नै बम्पर गरेको छ । चलचित्रका निर्माता तथा निर्देशक केहि समय अघि हास्य टेलिचलचित्र मै रमाइरहेका थिए । हास्य टेलिश्रींखला तितोसत्य,मेरीबास्सै,जिरेखुर्सानी लगायतका हास्य टेलिश्रींखला निर्माण गरिरहेका ति नै हास्य कलाकारहरुले एक पछि अर्को सफल चलचित्र निर्माण गरिरहेका छन् ।

 छ एकान छ बाट सुरु भएको यो यात्रा वडा नम्वर छ,छक्का पञ्जा,छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ मा आइपुगेको छ । हरेक चलचित्रले एक पछि अर्को रेकर्ड राख्दै आइरहेको छ । प्रदर्शन रत चलचित्र छक्का पञ्जा ३ ले २ दिनमै २ करोडको ग्रस कलेक्सन गरिसकेको छ । हास्य कलाकारहरुलाई चलचित्र नगरीको लिड रोलमा उभ्याउनका निम्ति यो व्यानरले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ भन्दा फरक पर्दैन । दिपाश्री निरौला त्यस्ती निर्देशक हुन जसले निर्देशन गरेका चलचित्रहरुले घाटा चाख्नु परेको छैन । बरु नेपाली चलचित्र नगरीमा करिव २० करोडको व्यापार असम्भव छैन भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् ।

दिपक राज गिरी,दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको सहकार्यमा उनिहरुले चलचित्र निर्माण गर्दै आएका छन् । दर्शकको रुचि अनुसारको चलचित्र निर्माण गर्न महिर छन् उनिहरु । आमा सरस्वती मुभिज प्रा लि को व्यानरमा हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने तर दर्शकले रुचाउने विषयवस्तुको अध्ययन गरेर सफल चलचित्र निर्माण गर्ने उनिहरुले सिद्दान्त नै बनाएका छन् । त्यसका निम्ति उनिहरुले आफ्नो व्यानर बाहेकका चलचित्रहरुमा काम नगर्ने सम्झौता नै गरेका छन् । काम गरे पनि सबैको सहमतीमा गर्ने उनिहरुको धारणा छ ।

आमा सरस्वती मुभिज प्र लि को व्यानरमा निर्माण भएको पाचौ श्रिंखला हो छक्का पञ्जा ३ । यो चलचित्र घटस्थापनाका दिनबाट रिलिज भएको छ । यस अघिका चलचित्रहरु मनोरञ्जन का खुराकका रुपमा मात्र लिइने गरिएको थियो । तर छक्का पञ्जा ३ ले भने मनोरञ्जन सगै नेपालमा भइरहेको शिक्षा प्रणाली माथी चोटिलो व्यंग्य प्रस्तुत गरेको छ । त्यस सगै आर्थिक सम्पन्नता र विपन्नता भएका मानिसहरुलाई गरिने व्यवहार, एउटै समुदायमा बसोवास गर्ने मानिसमा हुने गरेका जातिय विभेद लगायतका कुराहरुलाई समेत चलचित्रले आकर्षक शैलीमा प्रस्तुत गरेको छ ।

चलचित्रमा झुलेबस्ती नामक एउटा गाउँ छ, र सोहि गाउँमा बसोवास गर्ने मानिसहरुको वरिपरि चलचित्रको कथा घुमेको छ । गाउँमा एउटा सामुदायिक विद्यालय छ । विध्यालयको नाम खानी डाँडा माध्यामिक विद्यालय राखिएको छ । गाउँका काजी (नीर शाह)  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनि अब हुने चुनाबका निम्ति तयारीमा छन् । उनले टिकट पाउने लगभग पक्का भइसकेको हुन्छ । तर, सोहि गाउँमा वसोवास गर्ने वाङ्देल (शिशिर वाङ्देल) उनको राजनितिक यात्रमा तगारो बनेर उभिन्छन् । उनि विध्यालयमा भएको राजनितीका कारण चलेको मनोमानीमा असन्तुष्ट देखिएका छन् । चलचित्रमा काजीका भाई र उनको छोराले भने सोहि गाउँमा निजी विध्यालय सञ्चालन गर्दै आएका छन् । 

गाउँमा हुने साना देखि ठुला कार्यक्रमहरु सोहि सामुदायिक विध्यालयमा गरिने हुदा विध्यार्थीहरुको अध्ययन अध्यापन लथालिंग नै भइसकेको छ । विध्यालयमा शिक्षक छन् तर उनिहरु विध्यालयमा भन्दा अफ्नै बाहिरी खेतीमै व्यस्त छन् । ७ कक्षा पढेकोे जँड्याहा बाबु छोराको खेताला शिक्षक बनेर पढाउन गएका छन् । सबैको आ आफ्नै ताल छ । तर विध्यार्थीहरुको भविष्यको मत्लब कसैलाई छैन । यत्तिकैमा काजीको राजनीति धरापमा पर्दै जान्छ । आफ्नो प्रयासले मात्र कार्य नबन्ने खतरा बढेपछि पण्डितको सल्लाह अनुसार आफूलाई छोडेर गएकी श्रीमतीसँग बस्दै आएको राजा (दिपकराज गिरी) लाई गाउँमा झिकाउछन् । 

गाउँमा राजाको  प्रवेशले राजनीतिमा अर्कै रुप लिन्छ । यो नै छक्का पञ्जा ३ को मुख्य विषयवस्तु हो । नेपालमा धेरै विध्यालयहरु छन् । जाहाँ अध्ययन अध्यापन भन्दा आफ्नो राजनितिको सुरुवात गर्ने थलोका रुपमा लिने गर्छ । ति नै सामुदायिक विध्यालयको प्रतिनिधित्व खानीडाँडा माध्यामिक विध्यालयले गर्छ । देशको विकासका निम्ति भनेर राजनितिमा लागेका व्यक्तिहरुले उठान गर्नुपर्ने विषयवस्तुलाई चलचित्रले गम्भीर शैलीमा उठान गरेको छ  । सरकारले सोच्न आवस्यक विषयलाई चलचित्रले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । सरकारले सामुदायिक विध्यालमा ठूलो लगानी गरेको छ । तर लगानी गरे अनुसारको शिक्षण प्रणालीमा विकास हुन सकेको छैन । त्यसको मुख्य कारण विध्यालयमा आ आफ्नो स्वार्थका निम्ति गरिने राजनिति नै भएको कुरालाई चलचित्रले उतकृष्ट ढंगबाट प्रस्तुत गरेको छ ।

चलचित्रका मुख्य कलाकारुले आफ्नो भुमिकालाई न्यायपुर्वक निर्वाह गरेका छन् । चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’ को हरेक ठाउमा हुने इन्ट्रीले दर्शकलाई मज्जाले हसाएको छ । नव कलाकार अहाना पोखरेलले गरेको भुमिकालाई निकै आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सबैले आ आफ्नो क्षेत्रबाट राम्रो काम गरेका छन् । चलचित्रमा निर्देशक दिपाश्री निरौलाको मेहेनत अहम देखिएको छ । यसैगरी लेखनको कोणबाट दिपकराज गिरीको मिहिनेत चलचित्रमा अझ बढी देखिन्छ । यस्तै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले मिलेर तयार गरेको संवादले दर्शकलाई राम्रै सग हसाएको छ । समग्रमा चलचित्र उत्कृष्ट बनेको छ । चलचित्रको हास्य शैली र उठान गरिएको विषयबस्तुले दर्शकको मन जित्नेमा  दुई मत छैन । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 
 


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस