Tuesday, 26 Oct
01:00:00

छक्कापञ्जा ३ ले कमायो ४ दिनमा ४ करोड

2018/10/14   gufgaf

गफगाफ -  घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले हाल सम्म पनि आक्रमक व्यपार गरिरहेको छ । चलचित्र हेर्न दर्शकको कमी भएको छैन सिनेमा घरहरुमा । लामो लाईन बसेरै भए पनि चलचित्र हेर्न दर्शकहरु उत्साहित छन् । यता चलचित्र निर्माण टिम पनि चलचित्रले सफल ब्यापार गरेको मा उत्साहित छन् । हिजो सनिवार विदाको दिन भएका कारण पनि देशै भरीका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको थियो । शनिवार चलचित्र छक्का पञ्जा ३ ले उपत्यकाका ५ वटा क्युएफएक्स अन्तर्गत ३२ शोज भएको थियो भने पाएका सबै शो हरुमा  हाउसफुल व्यापार गरेको थियो ।

चलचित्र युनिनट यति बेला दर्शकलाई प्रोत्साहन गर्न उपत्यकाका विभिन्न हलहरुमा पुगीरहेका छन् । निर्माण युनिटलाई हलमा प्रत्यक्ष देख्दा दर्शक पनि उत्तिकै उत्साहित हुने गरेका छन् । दिपक, दिपा,केदार लगायतका कलाकारहरु सग फोटो खिच्नकै लागी तछाडमछाड हुने गरेको छ । हिजो सनिवार पनि चलचित्र युनिटले उपत्यकाका विभिन्न सिनेमा हलहरुमा गएर दर्शकसग भेट गरका थिए । उपत्यकाका गोपिकृष्ण,पुष्पाञ्जली,गुण,सिटि सेन्टर लगायतका सिनेमा हलहरुमा गएर चलचित्र युनिटले दर्शक सगँ साक्षात्कार गरेका थिए । गोपिकृमष्ण हलमा चलचिका निर्माता तथा कलाकार दिपकराज गिरी र केदार घिमिरेलाई भिडमा बाबजुद दर्शकले उचाल्न समेत भएका थिए ।

बुधवार,विहिवार र शुक्रवारको तुलनामा सनिवारको व्यापर अझ बढेको निर्माण युनिटले बताएको छ । चलचित्रले ४ दिनमा ४ करोड माथिको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस