Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘प्रसाद’ को ‘बनकी चरी’

2018/10/14   gufgaf

गफगाफ - दिनेश राउत निर्देशन गरेको चलचित्र ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले दशैंको अवसर पार्दै ‘बनकी चरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अञ्जु पन्त र रुपक डोटेलको स्वर सुन्न सकिन्छ । उत्त गितलाई सुवाष भुषालले लेखेका हुन् भने वि पाण्डेले संगीत गरेका छन् । गितको भिडियोमा अभिनेता विपिन कार्र्की गायकको भूमिकामा प्रस्तुत भएका छन् ।

 यता अभिनेता निश्चल बस्नेत भने विपिनले गाएको गितमा  अन्जली अधिकारी सँग नृत्य गरिरहेका छन् । चलचित्र ‘प्रसाद’ मा समावेश ‘लै लै’ बोलको गीत यस अघि नै सार्वजनिक गरिएको थियो । सो गितले सकारात्मक प्रतिक्रिया  पाइरहेको छ ।

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ को कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्र ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिचेका हुन् । चलचित्र मंसिर २१ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस