रेडियो अडियो

गफै त हो नी ससुरा बा.....

2018/10/15   Rabindra

मुन्दे्र विवाह गरेको एक महिना पछि पहिलो पल्ट ससुराली गएछ ।अनी ससुराली पुग्ना साथ मुन्द्रेलाई ससुरा बा ले भनेछन् ।


ससुरा बाःओहो ज्वाँइ साब.. नमस्कार ।


मुन्द्रेःनमस्कार ससुरा बा ,सन्चै हुनुहुन्छ ?


ससुरा बाःसन्चै छु ज्वाँइ साब .....


(एकछिन दुबैैजना चुप लागेर बस्छन,अनी एक्कैछिन पछि ससुरा बा ले भन्छन ।)


ससुरा बाःहैन ए ज्वाँइ साब.. केहि कुरा निकाल्नुस न गफ गरौँ ..मलाई त कुरा निकाल्नै आएन....।


मुन्द्रेः(टाउको कनाउँदै) हैन ससुरा बा हजुरनै निकाल्नुस न मलाई झन् गफ गर्नै आउँदैन ।


(दुबै जना गफ गर्न आउँदैन भन्दै गर्दा ,मुन्द्रेले एक्कासी गफ लगाउन थालेछ ।)


मुन्द्रेःहेर्नुस ससुरा बा पोहोरको साल खेतमा धान यती धेरै फल्यो कि ,भित्र्याउनलाई म एक्लैलाई धेरै गाह्रो

पर्ने भयो ..अनी मैले त जङ्गलबाट स्याल ल्याएर त्यसको पुच्छरमा हँसिया बाँधीदिएँ ।त्यसपछि स्यालले

पनी धान काट्यो मैले पनी काटेर बल्ल बल्ल भित्र्याएको नी ससुरा बा धैरै गाह्रो भयो ।


ससुरा बाः(अचम्म मान्दै) हँ स्याल्ले पनी धान काट्छ र .....??


मुन्द्रेः (मुसुक्क हाँस्दै)गफै त हो नी ससुरा बा.....


ससुरा बाःहँ...............


मुन्द्रेःहो भन्याँ ससुरा बा कस्तो नपत्याएको...............


(ससुरा ट्वाँ..............)


.................हाहाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस