सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

2018/10/17   gufgaf

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको जन्म २०५२ साल असार २० गते धनकुटामा भयो । उनले धनकुटामा जन्म त लिईन् तर कुनै याद संगाल्न भने सकिनन् । किनभने स्वस्तीमा सानै छँदा उनको परिवार काठमाण्डौ शिफ्ट भयो ।  बुवाको नाम तिर्थ खड्का जो आर्मीमा थिए भने उनकी आमाको नाम करुणा खड्का एक गृहणी हुन् ।
स्वस्तीमा आकर्षक लुक्स, राम्रो नृत्य र प्राकृतिक अभिनयका कारण चर्चित छिन् ।

स्वस्तीमाको वास्तविक नाम समिक्षा हो । उनलाई अहिले पनि उनका बुवाले समिक्षा भनेर बोलाउँछन् । तर पछि यु केजीमा पुगेपछि उनका बुवाले स्वस्तीमा नाम राखिदिएका हुन् ।स्वस्तीमा परिवारमा एक्ली छोरी हुन् । उनका एकजना  दुई वर्ष जेठा दाई छन् भने पाँच वर्ष कान्छा भने एक जना भाई । स्वस्तीमाको बाल्यकाल काठमाण्डौको तिनकुनेमा बित्यो ।

उनले विरेन्द्र आवासिय सैनिक महाविद्यालयबाट  बिद्यालय स्तरको अध्ययन सकाईन् । उनको विक्रम सम्वत २०६८ को एस एल सी हो । स्वस्तीमाले प्लस टु थापाथली ईन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा ईन आर्किटेक्टको पढाई पूरा गरेकी छिन् । कलेज पढ्दै गर्दा उनले सन् २०१३ मा सिम टिनमा सहभागिता जनाईन् । जसमा उनी उत्कृष्ट पाँचमा पर्न सफल भईन् ।  यो प्रतियोगिता पछि उनी मोडलिङमा लागिन् । स्वस्तीमालाई चिनाउने पहिलो म्युजिक भिडियो हो ‘बेबी कुछी कुछी’ ।
यस म्युजिक भिडियोमा स्वस्तीमालाई देखेर निर्माता सुनिल रावलले सिनेमा होस्टेल रिटन्र्सका लागि प्रस्ताव राखे । कलाकारितामा रुचि भएकी स्वस्तीमाले पनि यो प्रस्तावलाई स्विकारिन् र सिनेमामा काम गरिन् ।

कारोबारमा सफल रहेको यो सिनेमामा काम गरेपछि स्वस्तीमा एन एफ डिसी अवार्ड २०१६ मा बेस्ट सपोर्टिङ अभिनेत्रीको नोमिनेशनमा परेकी थिईन् । तर उनले अवार्ड भने जित्न सकिनन् । पहिलो सिनेमा पछि म्युजिक भिडियोमा लगातार काम पाईरहेकी स्वस्तीमाले यो अवधिमा चलेका मोडलहरु पल शाह, निराजन प्रधान, पुष्प खड्का लगायतसँग काम गरिरहेकी थिईन् । 

यहि बखत उनको जीवनमा यस्तो परिवर्तन आयो जो हरेक नारीको जीवनमा आउँछ । स्वस्तीमाले २०७३ सालको फागुन ६ गते २० वर्षकै उमेरमा निर्देशक निश्चल बस्नेतसँग विवाह गरेर सबैलाई चकित पारिन् । किन भने निश्चल स्वस्तीमा भन्दा १४ वर्ष जेठा छन् । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनको करिअरले नयाँ मोड लियो । अझ भनौ, निर्देशक निश्चल बस्नेतसँगको बिहे उनलाई फापेको छ । बिहेपछि धेरैले उनलाई ‘भाउजु’ भनेर चिन्ने गर्थे । तर, अहिले स्वस्तिमाले आफ्नै परिचय बनाइसकेकी छिन् । ठूला व्यानरको सिनेमामा स्वस्तिमाले लिड रोलमा काम पाइरहेकी छिन् । 

विवाहको एक वर्षपछि स्वस्तीमाले दीपेन्द्र के खनालको सिनेमा ‘लभ लभ लभ’मा काम गरिनन् । यो सिनेमा  कारोबारमा त्यति सफल रहेन । तर स्वस्तीमाको कामको भने चौतर्फी तारिफ भयो । स्वस्तीमाको प्राकृतिक अभिनयमा चलेका ब्यानरका निर्माता तथा निर्देशक प्रभावित भए । ‘लभ लभ लभ’ पछि स्वस्तीमाले सिनेमा ‘दुई रुपैया’ँको  ‘कुटुमा कुटु’बोलको गीतमा काम गरिन् । यो गीतमा उनले करिअरकै टर्निङ पोईन्ट बनेर आयो । यस गीतमा उनले आफ्नै श्रीमान् निश्चल बस्नेतसँग स्क्रिन सेयर गरेकी थिईन् । पर्दामा यो जोडीलाई दर्शकले खुबै रुचाए । यो गीत नेपाली सिनेमाको ईतिहाँसकै धेरै पटक हेरिने गीत बनेको छ । यो गीत पछि स्वस्तीमाको व्यस्तता बढ्यो । 

स्वस्तीमाले सिनेमा ‘छक्का पञ्जा २’ मा काम गर्ने अवसर पनि पाईन् । कारोबारका हिसाबले ‘छक्का पञ्जा २’ स्वस्तीमाको करिअरको पहिलो सफल सिनेमा हो । 
यो सिनेमा पछि स्वस्तीमा विभिन्न ब्राण्डहरुसँग आवद्ध हुने मौका पाईन् । उनी ‘सानीमा लाईफ ईन्स्योरेन्स’को ब्राण्ड एम्बेस्डर हुन् । यसका अलावा उनले बर्जर पेन्ट, कोकाकोला, लगायतका ब्राण्डको प्रचार गरिसकेकी छिन् । यसका अलावा उनले विभिन्न बिज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

पछिल्लो समय उनी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनले   सिनेमा जय भोले, ‘नाई नभन्नु ल ५’ लगायतका सिनेमामा पनि काम गरिसकेकी छिन् । त्यस्तै उनको करिअरमा बुलबुल, दाल भात तरकारी, हजार जुनीसम्म जस्ता सिनेमा पनि थपिएका छन् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस