सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

2018/10/20   gufgaf

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाण्डौमा भएको हो । उनको बाल्यकाल पनि काठमाण्डौमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा ऐयर होस्टेज हुन् । प्रियंकाका दुई आमा छन् प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा  अंगुर बाबा कार्की डाक्टर हुन् । प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगु बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भईसकेकी छिन् । प्रियंका भने दुईवटै आमासँग नजिक छन् ।  

प्रियंकाका एक भाई छन् प्रणित कार्की जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् ।  प्रियंकाले बाल्यकामै आफ्नो अभिनयको थालनी गरेकी थिईन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई  निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए । प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टिनको उपाधि हाँसिल गरिन् । य्उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस ईन्टेलिजेन्टको उपाधी पनि हात पारिन् । यो प्रतियोगिता पछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ  आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाईन् । उनले कान्तिपुरमा शुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् । यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेबयु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिईन् ।
यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निईन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किईन् । 

प्रियंकाले अमेरिकाको नर्थ अलावामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावा ईन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा  भाग लिएकी थिईन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिईन् ।
अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो होकी’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिईन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो । सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साईन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो । यहि कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्रि लभर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

प्रियंकाका शुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरेपनि प्रियंका आफ्नो काम र अदाबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यहि कारण उनलाई कामको कहिल्यै खाँचो भएन । प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ । यो सिनेमा प्रियंकाको सिने करिअरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिईन् ।
झोलेपछि उनको सिने करिअर निरन्तर रुपमा अघि बढ्यो । तयसपछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाईन् ।  त्यसपछि विकास राज आचार्यको सिनेमा ‘नाई नभन्नु ल २’ को करिअरको अर्को सफल सिनेमा बन्यो । यो सिनेमामा प्रियंकाले सुरज सिंह ठकुरीसँग जोडी बाँधेकी थिईन् । यो सिनेमाले ४ करोड भनदा धेरैको कारोबार गरेको थियो । 


प्रियंकाले नाई नभन्नुल ल सिरिज, वडा नम्बर ६, छक्का पञ्जा सिरिज, फाटेको जुत्ता, शत्रु गते, कोहलपुर एक्सप्रेस, पुरानो डुंगा जस्ता सफल सिनेमामा काम गरिसकेकी छिन् ।  प्रियंकाको अभिनयको जति तारिफ हुन्छ उत्तिनै उनको नृत्यको पनि । नेपाली सिनेमा उद्योगमा उनीजस्तो नाच्न सक्ने अभिनेत्री नभएको धेरैको तर्क छ । उनले मुख्य अभिनेत्री भएर मात्रै हैन एउटा गीतमा मात्रै नृत्य गरेर धेरै सिनेमा लिड गरेकी छिन् ।
प्रियंका कार्की सिनेमा सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर हुने अवसर पनि हात पारिन् । उनी कोकाकोला, सेनिटरी न्यापकिन, मेघा बैंक, ब्रिटानिया २०–२० बिस्कुट, एनसेल, डाबर हर्बल जेल टुथपेस्ट लगायतका ब्राण्डको ब्राण्ड एम्बेस्डर बनिसकेकी छिन् । 

प्रियंकाले भाग्यमानी अभिनेत्रीमा पर्छिन् किनभने नेपालमा भित्रिएको पहिलो फ्रेन्चाईज डान्स रियालीटी शो ‘बुगी वुगी’मा जज भएर काम गर्ने मौका पनि उनलाई नै जुर्यो ।  उनले भारतीय चाऊचाउ, ईट ओको विज्ञमपनमा पनि काम गरेकी छिन् जुन भारतीय भाषामा निर्माण गरिएको थियो ।  अति नै व्यस्त प्रियंकाको जीवन शैली पनि विन्दास छ । उनी मात्रै त्यस्तो अभिनेत्री हुन् जो सँग दुईवटा कार छन् । तीन वर्ष अघि मात्रै मर्सिडीज कार किनेकी प्रियंकाले केही महिना अघि नयाँ सुविधासहित नयाँकार किनेकी छिन् । उनले किनेको नयाँकार टाटा जेस्ट  हो । यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ । प्रियंका आफूसँग भएका दुईवटा कार आलोपालो प्रयोग गर्छिन् । विज्ञापन, सिनेमा, टेलिभिजन शो, स्टेज कार्यक्रम, म्युजिक भिडियो र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध रहेकी प्रियंका सबैभन्दा धेरै व्यस्त र धेरै कमाउने अभिनेत्रीमा पर्छिन् ।

प्रियंकाको प्रेम र वैवाहिक जीवन
सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो । तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।  सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने ईच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे । तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिईन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि सम्बन्ध बिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो । 

सिनेमामा सफल रुपमा अघि बढ्दै गर्दा केही सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका कारण प्रियंकाको नाम अभिनेता दयाहाङ राईसँग जोडिन पुग्यो । तर उनीहरुले यो प्रेमलाई कहिल्यै पनि स्विकारेनन् । यहि हल्लाका बिच प्रियंकाको जीवनमा आए आयुष्मान देशराज जोशी ।  दुई वर्ष अघि सिनेमा ‘कथा काठमाण्डौ’मा काम गर्ने क्रममा यो जोडी एकअर्कासँग नजिकिएको हो । प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् । आयुष्मान प्रियंका भन्दा ७ वर्ष कान्छा छन् ।  यी दुईले केही समय अघि मात्रै ईन्गेजमेन्ट गरेका छन् भने अबको एक वर्षमा विवाह गर्ने तयारी उनीहरुको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस