Tuesday, 26 Oct
01:00:00

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

2018/10/23   gufgaf

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो छक्का पन्जा ३ । चलचित्र लाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि हालसम्म पनि  उस्तै व्यापार गरिरहेको छ । हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौ चलचित्र बजारको व्यापारमा यो व्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ । फुलपाती बाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आए सगै यस चलचित्रको व्यापारमा ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई  फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन । छक्का पन्जा ३ ले रिलिज भएको करिब २ सातामा बक्स अफिसमा सम्मानित व्यापार गरेको छ । र निरन्तर गरिरहेको छ ।

चलचित्र रिलिज भएको १२ औ दिन सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले करिव ११ करोड ग्रस कलेक्सन गर्न सफल भएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिएका छन् । चलचित्रकी निर्देशक दिपाश्री निरौलाका अनुसार चलचित्रको कमाइलाई औषतमा हेर्ने हो भने दिनको १ करोडको हाराहारीमा व्यापार गरिरहेको छ । चलचित्रले आफ्नै व्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड तोड्ने अड्कल लगाउन थालिएको छ । निर्माता गिरीले चलचित्रको व्यापार यही स्पिडमा अघि बढेको खण्डमा तिहार अगावै छक्का पन्जाको १६ करोडको रेकर्ड तोड्न सक्ने बताउछन् ।

अघिल्ला चलचित्रहरुलाई कन्टेनमा दोसी देखाउने गरिएको थियो । चलचित्रले कुनै शन्देस दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथा बस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । जस्का कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाह लगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस