रेडियो अडियो

चलचित्र ‘छक्का पञ्जा ३’ अब स्पेनमा

2018/10/25   gufgaf

गफगाफ -  चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनको सुरुवात बाट हाल सम्म पनि सफल प्रर्दशन गरिरहेको चलचित्र हो । अहिलृ पनि नेपालका सबै जसो हलहरुमा चलचित्र चलिरहेको छ । नेपालमा चलचित्रले सफल व्यापार गरिरहदा अब भने चलचित्रको अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ । यसको सुरुवात स्पेनबाट हुन लागेको बताइएको छ  ।

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुको मार्केट फस्टाउँदै गएको छ । फस्टाउदै गएका अन्तर्राष्ट्रिय मार्केटहरु मध्यको एक स्पेन पनि हो । स्पेनमा एकपछि अर्को गर्दै हरेक महिना जसो नेपाली चलचित्र प्रर्दशन भइरहेको छ  । चलचित्र ‘छक्का पञ्जा ३’ लाई स्पेनमा सारा इभेन्ट इन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको हो । चलचित्र स्पेनका चार सहरमा प्रर्दशन हुने बताइएको छ ।

सारा इभेन्ट इन्टरटेन्मेन्टलका मेघनाथ ढकालका अनुसार चलचित्र स्पेनको राजधानी म्याड्री, बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा प्रदर्शन हुने पक्का भइसकेको बताइएको छ । नोभेम्बर ५ मा बेनिड्रोम र नोभेम्बर ११ मा म्याड्रीडमा चलचित्र प्रदर्शन हुदै छ । अन्य दुइ शहरहरु बार्सिलोना र विल्वाआमा भने प्रदर्शन मिति तय हुन बाँकी नै रहेको बताइएको छ । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, नीर शाह लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस