१२ डिसेम्बरमा कपिलको विहे, शुरु भयो तयारी

2018/10/25   gufgaf

गफगाफ -  बलिवुडमा यतिबेला विवाहको माहोल छ । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले नोभेम्बर १४ र १५ मा विवाह गर्ने आधिकारिक घोषणा गरेका छन् । उनीहरु यतिबेला विवाहको तयारीमा जुटेका छन् । त्यस्तै चर्चित कमेडियन कपिल शर्मा पनि वैवाहिक बन्धनमा बाँधिने भएका छन् । अर्को वर्ष विवाह गर्ने सुरमा भएका कपिल विशेष कारणवस डिसेम्बर १२ मा विवाह गर्ने योजनामा पुगेको भारतीय मिडियाहरुले जनाएका छन् ।कपिलको विवाहको तयारी शुरु भईसकेको छ । उनको विवाहको तयारी उनको हुनेवाला श्रीमती तथा तत्कालिन प्रेमिका गिन्नी चतरथले र परिवारका अन्य सदस्यले गरिरहेका छन् । कपिलले भने विवाहको तयारीका लागि खासै समय दिन भ्याएका छैनन् । किनभने उनी टेलिभिजनमा कमब्याक गर्ने तयारीमा जुटेका छन् । यतिबेला कपिलकी प्रेमिका र परिवारका सदस्यले कपिललाई कुनै पनि डिस्टर्ब नगरी विवाहको तयारी सकाउने योजना बनाएका छन् ।

केही समय अघि कपिलले अर्को वर्ष विवाह गर्ने खबर आएको थियो । खासमा कपिलले कमब्याक शो लन्च गरिसकेपछि विवाह गर्ने सोच बनाएका थिए । तर गिन्नीका बुवाको स्वास्थ्य स्थिती खराब भएका कारण उनले छिट्टै विवाह गर्ने निर्णय लिएका छन् । गिन्नीका बुवा केही महिना यता बिरामी परेका छन् । यहि कारण कपिलले छिट्टै विवाह लिने निर्णय गरेका हुन् । यी दुईको विवाह जालंधरमा हुने भएको छ । त्यहाँ रहेको कबाना रिसोर्ट एण्ड स्पा अर्थात क्लब कबानामा उनीहरुको विवाह हुने भएको छ । विवाहको लागि २ दिनको लागि यो क्लब बुक गरिएको छ ।   जालंधरमा विवाह भएपछि यो जोडीको अमृतसर र मुम्बईमा रिसेप्शन हने भएको छ ।  १४ डिसेम्बरमा मुम्बईमा रिसेप्शन हुने भएको छ भने अमृतसरको मिति भने फाईनल भएको छैन ।  

कपिलको विवाहमा बलिवुडबाट सेलेक्टेड केही सेलिब्रेटीहरु मात्र जाने भएका छन् । अहिलेसम्म  यो लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण लगायतका कलाकारहरु परेका छन् । कपिलकी हुनेवाली श्रीमती गिन्नीको वास्तविक नाम भवनित हो । कपिल र गिन्नीको चिनजान कलेज पढ्दा देखि भएको हो । उनीहरुले कलेजमा हुने हरेक फंशनमा सहभागिता जनाउथे ।  गिन्नीले कपिलसँग पंजाबी कमेडी हो हस बलिएमा सहभागिता जनाईसकेकी छिन् ।  यहि सेटबाट उनीहरुको प्रेम शुरु भएको बताईन्छ । उनीहरुले सन् २०१३ मा आफूहरु एकअर्काको प्रेममा रहेको कुरा स्विकारेका थिए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस