रेडियो अडियो

‘रामकाहानी’ कै टिमको ‘सम्हालिन्छ कहिले मन’, नयाँ नायकको डेव्यु

2018/10/25   gufgaf

गफगाफ -  चलचित्र रामकाहानीले सफल व्यापार गरे पछि सोहि युनिटले अर्को चलचित्र निर्माणको घोषणा गरेको छ । चलचित्र रामकमहानीकै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘सम्हालिन्छ कहिले मन’ राखिएको छ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा नायिका पुजा शर्माले काम गर्ने पक्का भइसकेको छ भने नयकका रुपमा भने नयाँ नायकले काम गर्ने पक्का भएको बताइएको छ । चलचित्र नगरीका सफल निर्देशकका रुपमा चिनिएका सुदर्शन थापाले आफुले निर्माण गर्ने हरेक चलचित्रमा भिन्ना भिन्नै नायकलाई अभिनय गराउदै आएका छन् । 

प्रेम गीतमा प्रदिप खड्का लाई चलचित्र नगरीमा भित्राएका निर्देशक थापाले म यस्तो गीत गाउछु मा नायक पल शाह यस अघिको चलचित्र रामकाहमनीमा आकाश श्रेष्ठसगँ काम गरेका थिए । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा भने नव नायक सोनम थोप्देनले डेव्यु गर्न लागेका छन् । उनि गायक समेत हुन् । भारतको मनालीमा जन्मिएका सोनमले नेपाली, हिन्दी, अंग्रेजी, तिब्बति का साथै विभिन्न भाषाका गीतको कभर गाएका छन । उनले गाएको हिन्दी चलचित्र ‘जब ह्यारी मेट सेजल’को ‘हवाए’ बोलको गीतलाई दर्शकले रुचाएका थिए ।

यस चलचित्रमा पुजा र सोनम सगै अर्का एक जना नायकले पनि काम गर्ने बताइएको छ । एक नायक चलचित्रमा काम गर्न तायार भए पनि अर्को कसले काम गर्ने भन्ने टुंगो लागि नसकेको निर्देशक सुदर्शन थापाले बताए ।  चलचित्र म्यूजिकल लभ स्टोरी जनरामा निर्माण हुन लागेको बुझिएको छ । चलचित्रको छायांकन चाडै सुरु हुन लागेको बताइएको छ । यति बेला भने चलचित्रको गीत रेकडिङ गर्ने कार्य भैरहेको छ । चलचित्रमा समाबेश शिर्ष गीतलाई नायक सुगम पोखरेलले गाउदै छन् । गायक सुगम पोखरेलकै स्वरमा सजिएको गीत गीत सम्हालिन्छ कहिले मन बाट नै यस चलचित्रको नाम राखिएको बुझिएको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस