Tuesday, 26 Oct
01:00:00

छक्कापञ्जा टिमले पार्टी खोल्ने- मुन्द्रे विदेश बिभाग, माग्ने प्रबक्ता…

2018/10/26   gufgaf

गजुरियल श्रोतका अनुसार, नयाँ पार्टीको नाम ‘छक्कापञ्जा चलचित्र पार्टी’ राखिनेछ । ‘छक्कापञ्जा ३’को कथा, कथाले दिन खोजेको सन्देश, सन्देशको सफलता/बिफलता, चलचित्रको कमाईं, कमाईको धमाई,कलाकारहरुको अभिनय/क्षमताका आधारमा नयाँ पार्टीको नाम, नारा, कार्यदिशा, बिभाजन हुनेछ ।‘छक्कापञ्जा ३’ को सफलतापछि यो समुहले पार्टी खोल्ने संकेत दिएको छ । अहिले ओली सरकार कछुवा गतिमा र देउवा बिपक्ष दुर्गतीको अवस्थामा छ । यस्तो अवस्थामा ‘छक्कापञ्जा ३’ ले प्राप्त गरेको प्रगतिबाट दीपक-दीपा दङ्ग छन् । यही मौकामा पार्टी खोल्न लागेका हुन सक्छन् ! ‘छक्कापञ्जा ३’को सफल निर्देशन गरे बापत दीपाश्री निरौला अध्यक्ष बन्नेछिन् भने छायाँ निर्देशकका रुपमा दीपकराज गिरीले पार्टी महासचिब बन्ने प्रयास गर्नेछन् । कालान्तरमा दुबैजनाले क्रमस: राष्ट्र्पति र प्रधानमन्त्रीको सपना देखेको हुनुपर्छ !

सबैभन्दा राम्रो अभिनय गरे बापत माग्नेबुढाले पार्टी प्रवक्ता पाउने पक्का छ भने जीतू नेपाललाई बिदेश बिभागमा थन्क्याईने छ । रोल सानो भएपनि दमदार अभिनयका कारण जयनन्द लामालाई उपाध्यक्षमा राखिनेछ भने किरण केसीलाई पार्टी एकता समितिको सभापति बनाईने छ । भरखरै पार्टी प्रबेश गरेका शिशिर बाङ्देलले राम्रै हैसियत दाबी गर्न सक्छन् । प्रियंका कोषाध्यक्ष, स्वस्तिमा सह–कोषाध्यक्ष र नव—नायीका दिपिका उप–कोषाध्यक्षमात्रै बन्नेछन् । रमेशरञ्जन झा र बसन्त भट्टलाई क्रमस: संगठन बिभाग र स्कूल बिभागमा राख्न सकिनेछ । लक्ष्मी गिरी र नीर शाहलाई सल्लाहकार समितिमा समावेश गराईनेछ ।

‘छक्कापञ्जा ३’ मा निकै गम्भिर बिषय उठान गरिएकोले पार्टीको मार्गदर्शक सिद्धान्त ‘शिक्षामा समानता, समाजमा महानता’ हुनसक्छ । तर, बिषयको गहिराईमा पुग्न नसकिएकोमा ‘बोर्डिङ्–सरकारी भिन्नता, शिक्षामा गलत मान्यता’ मात्रै पनि मार्गदर्शक सिद्धान्त बन्न सक्छ । सिनेमामा ‘गऱ्याको’, ‘भन्याको’, ‘भा’ख’, ‘गा’ख’जस्ता लवजको क्याचिकेचर गरिएको छ । यस आधारमा पार्टी संगठन प्रादेशिक संरचनामा बन्न सक्छ । तर, यी क्यारिकेचरकर्ताहरु बेला बेला चिप्लिने, रड्किने र सड्किने गरेका कारण संगठन गोलचक्करीय संरचनामा पनि जान सक्नेछ । मात्र ‘फिलिम हेर्न’ जाने दर्शकले अत्याधिक रुचाएकाछन् । यस अर्थमा छक्कापञ्जा पार्टीले बहुमत ल्याई सक्यो, सरकार बनाउन सक्छ । तर नेपालको सन्दर्भमा दुई तिहाईको सरकारपनि टिक्न गाह्रो छ । त्यसैले छक्कापञ्जा टिमले अर्को पार्टी खोल्नु अघि बिषयबस्तुमाथि घनिभुत, यर्थातपरक, कम अतिरञ्जित, ब्यवहारिक र मिहिन छलफल गर्नु जरुरी देखिन्छ ।

आर्थिक समृद्धिको नारा पार्टीकालागि निकै फाईदाजनक देखिन्छ । अर्काको कमजोरी केलाउन सजिलो हुन्छ, त्यही काम आफुले गर्दा कति गाह्रो हुन्छ भन्ने भन्ने कुरा ‘१०० कडा १०’ सिनेमा गर्दा मैले भोगेको छु । धुमुर्स-सुन्तलीसहित हामीले गर्न लागेको नयाँ सिनेमाको तयारीक्रममा पनि थुप्रै अनुभव लिएको छु । यसअर्थमा, हाम्रा सहकर्मीहरुको सिनेमा ‘छक्कापञ्जा ३’लाई शुभकामना दिनै परेन, शुभ भैसकेको छ ।अर्को सिनेमा बनाउदा यो भन्दा राम्रो, अर्थपूर्ण र सुन्दर सिनेमा बनोस् । सिनेमाको ब्यापार बन्द भएर राजनीतिको ब्यापार गर्नु नपरोस् । छक्कापञ्जा टिमले पार्टी खोल्दैछ भन्ने मेरो कल्पना कल्पनामैं सीमित होस् । सबैको मंगल होस्, सधैंको मंगल होस् !!

 

यो सामाग्रि हामीले नेपालकै पहिलो शब्द झटारो ठोक्ने अनलाईन पत्रिका www.gajureal.comबाट साभार गरेका हौं । यो सामाग्री राम्रो मज्जा लायो भने अरु धेरै मज्जाका लागि यहाँ   क्लिक  गर्नुस् सिधै उतै पुग्नुहुन्छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस