मेरो त विवाह पछि लभ परेको हो - चेतनाथ आचार्य

2018/10/26   gufgaf

गफगाफ -  २०६१ साल माघ ८ गते दाङबाट दुलाहा दुलही बोकेर आउँदै गरेको विवाहको गाडी प्यूठानमा दुर्घटनामा प¥यो जसमा दुलाहा, दुलाहाका बाबु लगायत ४१ जना जन्तीको घटना स्थलमानै मृत्यु भएको थियो । ४ जना बँचेका थिए जसमा दुलही निर्मला अधिकारी पनि थिइन । सञ्चारकर्मी तथा लेखक चेतनाथ आचार्यले उनै निर्मला सँग बिवाह गरेका थिए ।  आचार्य हाल ७२ भाषामा प्रसारण हुने संसारकै सबैभन्दा ठूलो रेडियो चिनिया अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा बेजिङमा विदेशी भाषा विशेषज्ञको रूपमा कार्यरत छन् । प्रस्तुत छ उनै सञ्चारकर्मी तथा लेखक चेतनाथ आचार्यसँग गरिएको कुराकानी

 

  • यतिबेला के मा व्यस्त हुनु हुन्छ ?

म यतिबेला विदामा छु । पछिल्लो समय मैले लेखेको उपहार नामक कथासङ्ग्रह मकालु प्रकाशनबाट प्रकाशन भई सकेको छ र त्यसको बिक्रि वितरण र त्यसलाई सार्वजनिक गर्न लागि रहेको छु । व्यस्त अतिव्यस्त अस्तव्यस्त सबै छु हाहाहा ।

  • दशैं कसरी मनाउनु भयो ?

मेरो भर्खरै प्रकाशित उपहार नामको कथासङ्ग्रहको विक्रि वितरणको व्यवस्थापनमा पनि गर्नु पर्यो । वर्षको एक पटक पाईने १ महिना छुट्टि मनाउनका लागि म चिनबाट नेपालमा आएको हु । दशैंको अवसर पारेर । दशैमा छोरा छोरीलाई लिएर इलाम गए । झण्डै ७९ बर्ष पुग्नु भएकी आमाहुनुहुन्छ दाजु भाउजु र आफन्तजनहरू हुनुहुन्छ वहाँको हातबाट टिका थापे र ससुराली दाङ गए । ससुराली घर इलाम बाट निकै टाढा पर्छ झण्डै एक र आधा दिन लाग्छ पुग्न । सबै सगँ दशै मनाएर पूर्णिमाका दिन काठमाडौं फर्किए । 

 

  • इलाममा जन्मेको हुर्केको हिसाबले तपाईंलाई यो ठाउँ कस्तो लाग्छ ?

इलामले महानन्द सापकोटा जन्मायो, यमबराल जन्मायो, तारानाथ शर्मा जन्मायो कुबेर राई जन्मायो, रोशन गु?ङलाई जन्मायो । यहाँको वातावरण साँच्चिकै अति नै रमाईलो स्वच्छ र वर्णन गरेरै नसकिने छ । प्रकृतिप्रेमीहरूका लागि, साहित्यप्रेमीका लागि, आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अति नै मनोरम र रमाइलो स्थान छ यहाँ आइसकेपछि फर्कन मनै लाग्दैन । यहाँको हावापानीले अलिकति भने पनि आयु बढाउँछ जस्तो लाग्छ । हो कसैकसैले मन नपराएको पनि पाउँछु किनकी इलाम घुम्न भनेर आएको जहिले पनि हुस्सु मात्र लागेको हुन्छ भनेको सुन्छु । बादलुको घुम्टोले इलाम बजार छोपिँदा..... भन्ने गीत त्यसै सृजना भएको होइन । भूपी शेरचनले नेपाल भरी अलि अलि इलाम छर्न पाए हुन्थ्यो भनेर कविता लेख्नु भएको छ । विद्यार्थी जीवनको एउटा रमाइलो घटना सुनाउँछु । काठमाडौ पढ्दै गर्दा मलाई २०५३ सालमा पाल्पा घुम्न जान मन लाग्यो र क्यामरा सहित म  घुम्नका लागि म त्यहाँ गएँ । त्यहाँ श्रीनगर लगायत अन्य रमाईला ठाउँहरू घुमें हिमालहरू देखिँदो रहेछ भनें । बस्नका लागि होटल खोज्ने क्रममा एक जना व्यक्तिलाई मेरो फोटो लिन अनुरोध गरें । फोटो लिएपछि  वहाँ र मेरो बीच भलाकुसारी चल्यो वहाँले पहिलो पटक आएको हो पाल्पा घुम्न भनेर सोध्नु भयो  हो भनें । कस्तो लाग्यो त पाल्पा ? वहाँले सोध्नु भयो असाध्य रमाईलो लाग्यो भनें ।  त्यसो भए तपाइँ इलाम जानुभयो भने फर्कनु हुन्न भन्नु भयो । अनि मैले भने हुन त म मेरो घर नै इलाम हो र म त्यहाँको बासिन्दा हुँ । म त अहिले काठमाडौं पढ्ने सिलसिलामा बसेको बेलामा घुम्न मात्र आएको हुँ भन्दा वहाँ हल्का रिसाउनु भयो । किनभने प्राकृतिक र रमणीय दृष्टिले इलामलाई दाइ र पाल्पालाई भाइ भनिँदो रहेछ । म होटल खोज्न हिँडेको मान्छे त्यो रात वहाँको अनुरोधमा वहाँकै घरमा बसें ।

इलाम एउटा यस्तो ठाउँ हो । यहाँको धाराको पानी उमालेर खानै पर्दैन । म यहाँको पानीको दुध चिया खाँदा चिनी नहालीकनै खान्छु । काठमाडौं जस्तो उमालेर खानु पर्ने वाध्यता छैन । न त यहाँको पानी खाँदा जण्डीस नै हुन्छ न पखाला नै लाग्छ । मेरो ३ कक्षामा पढ्ने ८ वर्षको छोरा र ६ मा पढ्ने  १२ वर्षकी छोरी छ तिनीहरू घर आउँदा यहाँको वरपरको दृश्य देखेर अति रमाउँछन् र फोटो खिचि फेसबुकमा राख्न अनुरोध गर्दछन् । यहाँको डाँडा–काँडा, पाखा–पखेरा, उकाली–ओराली, कान्ला–कुन्ली, बाटो–घाटो र प्राकृतिक छटा एकदमै राम्रो र प्रशंसा र बयान गरेरै नसकिने छ यी सबैले खुशी दिन्छन् र यो ठाउँ खुशीको श्रोत हो । यहाँको वातावरण यस्तो छ कि म जतिबेला सरकारी स्कूलमा पढ्थें त्यतिबेला मैले कयौं दिन स्कूलै नगएर यहाँको वातावरणीय प्रभावबाट मुग्ध भएर त्यसमै बहकीएको छु । २०१९ सालमा जन्मेर ४७ सालमा काठमाडौं जानु भन्दा पहिले १८ वर्ष त्यहाँ बिताएँ र त्यसबेला के के गरे सुनाउँछु । मैले कुनै दिन चराले खुम्ले किरा बोकेको देख्दा यसले बच्चालाई ख्वाउनैका लागि लिएर उडेको हुनुपर्छ भनी त्यसका पछि लागेर चराको गुँड खोज्दै हिँडेको छु । ऐसेलु मात्र खाएर पनि दिन विताएँ । सरकारी स्कूल को कतिबेला कहाँ गयो मतलबै हुँदैनथ्यो । हुलाकमा गएर आफुले चिनेको या घर वरपरको कसैको चिठी आएको रहेछ भने म लगि दिन्छु भनेर बाटोमै खोलेर हेर्ने लभलेटर रहेछ भने त खोजी खोजी पढ्ने यस्ता चिठी पढ्न झनै रमाइलो लाग्थ्यो मलाई । पछिपछि प्रकाश कोविदका उपन्यासहरूमा पनि त्यस्ता चिठी र त्यसका अंशहरू पढ्न पाइन्थ्यो । अहिले पनि धरान, धनकुटा, इटहरी, सुनसरीबाट पिकनिका लागि जाने ठाउँ केन्यामको चिया बगान पनि यहीँ नै पर्छ र त्यो कति चर्चामा आएको ठाउँ हो मैले भनिरहनु नै पर्दैन ।

  • सञ्चार क्षेत्रमा कहिलेदेखि लाग्नु भयो ?

यसक्षेत्रमा लाग्ने मेरो कुनै उद्देश्य नै थिएन । म इलामबाट काठमाडौं साइन्स पढ्न आएको थिएँ ।  अमृत साइन्स क्याम्पस भर्ना भएर आइएस.सी.पढें र पास भएँ । बाँच्नका लागि दैनिक खर्चका लागि भए पनि सानो आम्दानीको स्रोत आवश्यक देखियो । त्यसका लागि मैले नेपाली विषय लिएर स्नातक स्तरमा अध्ययन गर्ने निर्णय गरें । बेला बेलामा विभिन्न पत्रपत्रिकाहरूमा लेखहरू लेख्न थालें । मेरा लेखहरू छापीन थाले । बोर्डिङ पढाउन थालें । खुल्लाबजार भन्ने पत्रिकामा काम पाएँ । पछि गएर नयाँ सडक दैनिकको सम्पादक सम्म भएँ र काम गर्न थालें । बोर्डिङमा नेपाली पढाउन थाले पछि स्कूलमा हुने कार्यक्रमहरूमा उद्घोषक पनि भएँ यो क्रम चलिनै रह्यो ।  यहाँसम्म आइपुग्दा  पत्रकारीतालाई छोड्नै नसकिने भइयो र यो क्षेत्रमा छिरियो ।

  •  लेख रचना गर्दा विषयको छनौट कसरी रोज्नु हुन्छ ? 

बसमा यात्रा गर्दा मान्छेले गर्ने गुनासाहरू । दुइ पक्ष बीच भएका कुराहरूलाई लिएर । मोबाइलमा कुरा गर्दा । कहिँ कतै यात्रा गरिरहँदा सुनेका कुराहरू संवाद एवम् विवाद भएका विषयहरू पनि हुन सक्छ या अ? कुनै । यही बिषयमा नै लेख्छु भनेर लेखिने विषयहरू कम नै हुन्छ जस्तो लाग्छ । २०७२ सालमा भूकम्प गयो एउटा गाउँमा एउटै नाम थर भएका दुई व्यक्ति रहेछन एक जनाको धरहरा लड्दा मृत्यु भएछ र श्रद्घाञ्जली अर्कोलाई दिइएछ र उसले बाध्यभएर भन्नु परेछ मृत्यु हुनेमा म होइन वहाँ अर्को साथी हो भन्नु परेको अवस्था परेको थियो । त्यो कुरा लाई उपहार कथासङ्ग्रहमा मृत्युकम्प शिर्षकमा समेटेको छु । बसाई सोच्नुहोस् त मलेसिया कतार बस्ने पनि बसाई हो ओखलढुङ्गाबाट इटहरी सर्नु भयो त्यो पनि बसाईं हो आजकलका युवा अमेरिका अष्ट्रेलीया बेलायत जाने र त्यहाँको ग्रीन कार्ड पाउन खोज्छ त्यो पनि बसाई । उपहार कथामा लेखिएको बसाई वास्तविक हो । सत्य घटनामा आधारित छ । त्यहाँ लेखिएका ठाउँको नाम पनि सत्य नै हो । संवाद पनि सत्य घटना सत्य हो जे छ त्यो सबै सत्य हो । म रिसाहा पनि छु म भावुक पनि छु । आफैले लेखेको कथाले कहिले काहिँ ?वाउँछ ?न्छु पनि तीन पटक सम्म मुख धुनु पर्ने अवस्था आउँछ । ¥याल सिँगान नै भईन्छ । जो रिसाउँछ उ खुशी पनि हुन्छ । म धेरै खुशी पनि हुन्छु । मैले पहिलो पटक कथा सङग्रह रित्तो कोठाको तस्वीर (२०६८) कामाण्डौमा लेखेको हुँ । मेराआँखामा चिन, बुद्धको उपहार, चिन चिहाउँदा र उपहार कथासङ्ग्रह पछिल्लो कृति हो ।

  •  एउटा कथा लेख्न कति समय लाग्छ ?

एकै बसाईमा पनि सकिन्छ । सल्लाह सुझाव माग्ने र सम्पादन गर्दा २–३ दिन देखि हप्तौं सम्म पनि लाग्न सक्छ । म कहिले कथा लेखेर श्रीमतीलाई सुनाउँछु । साथी भाईलाई सोध्छु । साथीभाईहरूसँग सोध्दा पूनर्लेखन पनि गरेको हुन्छु । कहिले काहिँ लेख्दा लेख्दैै गर्दा विषयले अर्के मोड पनि लिएको हुन्छ । म ९०–९५ प्रतिशत वियोगान्त कथा लेख्छु । वियोगान्तले  पिडा पनि दिन्छ । त्यसैले होला यसले खाली वियोगान्त कथा लेख्छ भन्ने आरोप लाग्ने गरेको छ मलाई । संयोगान्त कम लेख्छु । कारण वियोगान्तले मन छुन्छ थकथकी लाग्छ र फेरि पनि पढ्न मन लाग्ने हुन्छ । संयोगान्तले आनन्द दिन्छ विर्सन्छ ।

 

  • नेपाल कहिले कहिले आउनु हुन्छ ?

बर्षमा एक पटक एक महिना विदा हुन्छ । त्यो एक महिना विदालाई प्रत्येक वर्ष दशैंको बेला पारेर नेपालमा आउँछु । काठमाडौं बसेर पढेका केटाकेटीसँग भेट गर्छु, इलाम जान्छु आमाको हातको टिका लगाउँछु र दाङ ससुराली पुग्छु त्यतिबेला सम्म बिदा सकिनै लागिसकेको हुन्छ अनि काठमाडौ फर्कन्छु ।

  • भाउजुसँग फोन गर्दा कस्ता कुरा हुन्छन् रमाइलो क्षण ?

भिडियो च्याट मार्फत कुरा हुन्छ । दिनहुँ सम्पर्क हुन्छ । कहिलेकाहिँ २ पटक सम्म कुरा हुन्छ । त्यसबेला खासै कुरा त केही हुँदैन । कुरा हुने विषय भनेको केटा केटीको पढाइकै विषय बढी हो । पढ्दैनन् । पढ्न मान्दैनन् सम्झाउनु प¥यो भन्ने नै बढी हुन्छ । कहिले काहिँ बच्चाहरूलाई पढपढ भनेर बढीमात्रै पनि हुँदैन । आप्mनो पालाको जस्तो नसोच भन्छु । उनिहरूलाई भिडियो मार्फत सम्झाउँछु ।  बच्चाको परिक्षाफल प्रकाशित भएको बेला खुशी हुन्छु । त्यसै गरी आमासँग पनि कुरा गर्छु । आफुले काम गरेको अफिस देखाउँछु, त्यहाँ काम गर्ने बहिनीहरूसँग कुरा गर्नुहोस् भन्छु, रातीको समयमा बजारमा घुम्न  निस्केको भए त्यो दृश्यहरू देखाउन भन्छु । त्यति मात्र होइन एकपटक चैत्र महिनामा नेपालमा विद्यालय बन्द भएको अवसरमा श्रीमती ससुरा र छोराछोरी लाई उतै बोलाएर घुमाएको पनि छु ।

 

  • भाउजु सँग कसरी भेट भयो ?

मेरो घर इलाम कर्मथलो काठमाडौं मेरो ससुराली दाङ । मेरी श्रीमतीको नाम निर्मला अधिकारी हो ।  धेरैले प्रेम विवाह गरेको भने तर मैले परम्परागत हिसाबले मागी विवाह नै गरेको हुँ । मेरो त विवाह पछि लभ परेको हो । पत्रकारीता गर्ने भएकोले घर आउँदा कहिले काहीँ ढिलो हुन्थ्यो उनि रिसाउँथिन आज किन ढिला अनि म भन्थें । पत्रकारको खाना चिसो श्रीमती तातो भन्थे हँसाउँथे । विवाह मागी भएपनि त्यसका पछाडी एउटा घटना जोडिएको पनि छ । जसका कारण मैले खोजी खोजी नै यो विवाह गरेको हुँ । २०६१ साल माघ ८ गते दाङबाट दुलाहा दुलही बोकेर आउँदै गरेको विवाहको गाडी प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटनामा प¥यो जसमा दुलाहा, दुलाहाका बाबु लगायत ४१ जना जन्तीको घटना स्थलमानै मृत्यु भएको थियो । ४ जना बँचेका थिए मध्ये एक जना दुलही निर्मला अधिकारी थिइन । प्यूठान टारी गाउँका लोकराज रिजाल सँग विवाह भएर माईतिबाट विदाइ भएपछि दुलाहाको घरतर्फ आउँदै गरेको बेलामा उक्त दुर्घटना भएको थियो । मैले खोजेरै भेटेको थिएँ ।

 

  • विवाहको लागि प्रस्ताव कसरी राख्नु भयो ?

म ३४ वर्षको भै सकेको थिएँ । साथीहरूले पनि ढिला भइसक्यो भन्नु भएको थियो । खासमा म इलाम तिरकै केटी विवाह गर्न चाहन्थे तर अनुकुल भएन । त्यस भन्दा अलिकति तल झापा तिर झरीयो त्यहाँ पनि फेला परेन । काठमाडौंमा पनि साँखु सम्म पुगियो कुरा मिलेन । म चाहन्थे राम्रो बानी व्यहोरा भएकी तर दुःख पाएकी गरिब टुहुरी पाराको केटी भए हुन्छ भन्ने लाग्थ्यो । म अलि फरक धारको हिसावमा विवाह गर्न चाहन्थें अर्थात प्रगतिशिल खालको विवाह गर्नु पर्छ अलिकति परिवर्तनको म्यासेज दिनु पर्छ भन्ने खालको कुरा उठ्यो । त्यो दुर्घनामा परेकी निर्मला अधिकारी कहाँ के गर्दै होलिन् भन्ने कुराले मेरो मन खुल्दुली मच्चायो । मैले एक जना दाङ तिरकै साथीलाई यो कुरा राखें । साथीले पनि मलाई यो कुरामा साथ दिनु भयो । निर्मला उपचार पश्चात आÏनो दाजुहरूसँग किर्तिपुरमा बसेर ताहाचल क्याम्पसमा पढ्ने गरेको थाहा पाएँ । एकै चोटीमा त्यहाँ गएर उनी सँग भेटेर विवाहको कुरा राख्ने अवस्था त थिएन । केटीको स्वास्थ्य, मानसिक, शारिरीक अवस्था बुझेर राम्रो अवस्था भए विवाह गर्ने मनस्थिति थियो र त्यो अवसरको खोजीमा म थिएँ । बैक अफ काठमाडौंमा काम गर्ने केटीको ठूली आमाको छोरी ज्वाईं(भिनाजु) छवी सुवेदी मार्फत यो कुरा अगाडि बढ्यो । वहाँ हाँडी गाउँ बस्नु हुने रहेछ । दाङ खबर पठाउनु भयो  उता बाट हुन्छ भनेर खबर आएछ । दाङ तिरका दुईजना साथी लिएर म त्यहाँ गएँ  चिया खाइयो मलाई चित्त बु¤यो । त्यो दिन सम्म निर्मलाको विवाह गर्ने विषयलाई लिएर कुनै कुरा कसैले उठाएको थिएन । किनकी यो घटना भएको १२–१३ महिना मात्र भएको थियो ।

भोली पल्ट भिनाजुले यसो एउटा सालीको पूर्वतिर विवाह गरिदिन पाए पनि पूर्वतिर घुम्न जाँदा बास बस्ने ठाउँ हुन्थ्यो होटल खोजी हिँड्न पर्दैनथ्यो । कि विवाह गर्ने हो र पूर्व तिर । हिँजो यहाँ चियाखान आउने तीन जना मध्ये एउटा पत्रकारले तिमीलाई मन पराएछ भनेर छवी सुवेदीले भने पछि तीन जना थिए कुन कुन हो जस्तो भएछ । त्यसपछि हामीहरूलाई भोली पल्टै आउन भनियो । त्यसपछि भोली पल्टै समय मिलाएर बेलुकातिर गईयो हामी त्यहाँ पुग्दा लोडसेडिङ भएको थियो । टुकी बालेरै कुराकानी गर्न बसियो मैले आप्mनो कुरा राखेँ । विहे गर्ने हो त म त सामान्य परिवारको मान्छे जसोतसो गुजारा गरेर पढ्न बसेको छु संघर्ष मै जीवन वितिरहेछ भने पछि । अन्त्यमा हुन्छ भन्ने जस्तो कुरा भयो । सायद यो कुरा २०६२ साल फागुन महिना तिरको थियो । अन्त्यमा २०६३ साल बैशाख ११ मा लोकतन्त्रको घोषणा आयो बैशाख २४ गते विवाह सम्पन्न भयो ।

 

  • पहिलो पटक देख्दा कस्तो महसुस गर्नु भयो ?

नहेरीकन त विवाह नगर्ने नै मेरो विचार थियो । शारिरीक, मानसिक, स्वास्थ्यको हिसाबले ठीक भए मात्र विवाह गर्र्छु भन्ने बिचार बोकेको थिएँ । किनकी मानसिक ?पले त्यत्रो घटना उनी माथी पर्दा उनको अवस्था कस्तो थियो त मलाई थाहा थिएन । उनले प्रस्ताव ल्याउन सक्ने त अवस्था पनि थिएन । तर जब हाँडीगाउँ गएर कुराकानी भयो । हेर्दैमा विवाह हुन्छ नसम्झनु होला । यहाँ एक अर्काले अस्वीकार गर्न सक्ने अवस्था छ । म अहिले हेर्न मात्र आएको हो भनें । कुरा चल्यो । यत्तिको केटीसँग विवाह गर्दा हुन्छ भन्ने लाग्यो र हुन्छ भनें कुरा अघि बढ्यो ।

 

  • म यहि केटि सग विवाह गर्छु भनेर घर परिवारमा कसरी प्रस्ताव राख्नुभयो ,के भनेर कुरा उठाउनु भयो ?

घटनासँग जोडिएका नकारात्मक पक्षलाई चिरफार गर्न र त्यस्ता कुरालाई अँगाल्न सक्नु पर्छ भन्ने मनमा लाग्यो प्रस्ताव राखेर नै मैले यस्तो निर्णय गरेको थिएँ । जनआन्दोलन पछि म इलाम गएँ । यो घटना परिघटना बताएँ दाजुभाउजु दिदीहरूसँग पनि कुरा राखेँ हो यस्तो राम्रो काम गर्नु पर्छ भन्नु भयो आमालाई पनि भनें आमाले पनि हुन्छ भन्नु भयो । मैले थाहा पाए सम्म मेरो हजुर बुवाले पनि विधवा विवाह गर्नु भएको थियो । इलामको समाज यस्ता विषयमा अलिअगाडी नै छ । सबैबाट तँलाई मन पर्छ भने गर भन्ने सल्लाह पाएँ ।

 

  • पहिलो पटक ससुराली जाँदा कस्तो महशुस गर्नु भएको थियो  ?

विवाह पश्चात् म असारमा ससुराली गएको थिएँ । त्यतिबेला निर्मलालाई विवाह गर्ने पूर्वतिरको केटो आज आउँदैछ भनेर ससुराली तिर गाइँगुइँ चलेछ । पत्रकार हो अरे पनि भनेछन् । बसको लामो यात्रा धुलैमैलो भएर गइएको थियो । त्यहाँ पुगेपछि नुहाईधुहाई गरी बसियो । भोली पल्ट हामी आउँदै छौं भनेर थाहा पाउनेहरू कस्तो रहेछ त यस्ती केटीलाई विवाह गर्ने केटो भनेर हेर्नैका निम्ति भएपनि बाटोभरी बसेको देखिन्थ्यो । मानिसहरू यताउता गरिरहेका हुन्थे । उनी कम बोल्ने ब बोली रहनु पर्ने । बोलीचाली त राम्रै भएको केटा रहेछ भन्ने कुरा पछि थाहा पाएँ खुशी लाग्यो  ।
अन्त्यमा
मकालु प्रकाशनले छपाई गरेको मेरो पछिल्लो कृति उपहार भन्ने मूल्य रू.२५०।–को कथासङ्ग्रह भरखरै प्रकाशित भई बजारमा आएको छ त्यसलाई किनेर पढी दिन हुन अनुरोध गर्दै विदा हुन चाहन्छु ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस