रेडियो अडियो

हरी योञ्जनको गीतमा हैट र मंगलीको छमछमी

2018/10/26   gufgaf

गफगाफ - नेपाली रंगमंचमा संगै काम गरेका थुप्रै सहकर्मीहरु छन् जसको नाम रिल मात्र नभएर रियल जोडीको रुपमा पनि लिईने गरिन्छ । केहि रिल जोडी हरु रियल जोडीका रुपमा पनि बाँधिएका छन भने केहि जोडीहरुको नाम भने उनीहरुले संगै काम गरेको आधारमा दर्शक तथा  फ्यानहरुले रियलमा पनि जोडीकै रुपमा देख्न चाहेका हुन्छन । यिनै जोडीहरु मध्येको एक जोडी हुन् कलाकार बुद्धि तामाङ र रजनी गुरुङको जोडी । चर्चित हास्य टेलीफिल्म मेरी बास्सै बाट हैट र मंगली को जोडीको रुपमा चर्चा कमाएका उक्त जोडीलाई अहिले भने मेरी बास्सैमा देखिएको छैन ।

टेलीफिल्ममा संगै नदेखिएता पनि उनीहरु दुवै जनाको अभिनय रहेको फिल्म भने प्रदर्शनमा आएका छन । बुद्धि र रजनी अभिनित दुई फिल्म मट्टीमाला र साली कस्को भेनाको प्रदर्शनमा आएका थिए । प्रदर्शनमा आएका दुवै फिल्मले अपेक्षा अनुशार दर्शकको माँया पाउन नसकेता पनि हैट र मंगलीको जोडीलाई भने दर्शकले रुचाएका छन । फिल्म प्रदर्शन पश्चात उनीहरुको जोडी मन पराउने दर्शक बढेका छन् । कहिले काहि मिडियामा दुवैको नाम समेत जोडिने गर्छ ।
दुई फिल्ममा संगै काम गरिसकेका यी जोडीले म्युजिक भिडियोमा पनि संगै काम गरेका छन । चर्चित गायक हरी योञ्जनको मोरिले आस्याङ्ग कै कान्छी छोरिले बोलको नयाँ गीतमा हैट र मंगलीको अभिनय रहने भएको छ । गीतमा बुद्धि तामाङ , हैट , रजनी गुरुङ संगै बिनु तामाङको पनि अभिनय रहेको छ । पोखरामा छायांकन गरिएको गीतको केहि फोटोहरु गायक योञ्जन आफैले सार्बजनिक गरेका छन् । गीतमा हैट र मंगलीलाई तामाङ ड्रेसअपमा देख्न सकिन्छ । हिजो पोखरामा छायांकन भएको गीत कस्तो बनेको छ त्यो भने गीत रिलिज भएपछि नै थाहा हुनेछ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस