हेर्नुहोस चलचित्र ‘चङ्गा चेट’ का सार्वजनिक पोष्टरहरु

2018/10/26   gufgaf

गफगाफ - दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । चलचित्र रिलिजको अन्तिम समयमा आएर चलचित्रको निर्माण पक्षले चलचित्रका पोस्टर सार्वजनिक गरेको छ । यस अघि नै सार्वजनिक चलचित्र गीत तथा ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रमा समावेश ‘गोजिमा दाम छैन’ बोलको गीतले यूट्युबमा करोड बढि भ्यूज कटाइसकेको छ । सार्वजनिक गरिएका पोस्टरमा चलचित्र भित्रको कथावस्तु चित्रण गर्न खोजीएको बताइएको छ ।

चलचित्र ‘चङ्गा चेट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा अर्पण थापा,सन्तोष खनाल लगायतको अभिनय रहेको छ । यस्तै चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको छ ।  अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस