रेडियो अडियो

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइको टिकाटालो, विहे मंसीरमा

2018/10/28   gufgaf

गफगाफ - यति बेला नायिका दीपिका प्रसाई अभिनित चलचित्र छक्का पञ्जा ३ देशै भरका चलचित्र घरहरुमा जोड तोडले लागि रहेको छ । केहि समय अघि दीपिका प्रसाईले चलचित्र युनिटलाई प्रमोसनका निम्ति समय नदिएका कुराले दीपिका चर्चामा थिइन् । धेरैले उनको आलोचना समेत गरेका थिए । चलचित्र छक्का पञ्जा ३ अत्याधिक सफलताका साथ लागीरहेको छ । पहिलेको चर्चा सेलाउन नपाउदै यति बेला नायिका दीपिका प्रसाईको चर्चा चलचित्र नगरीमा उत्कर्षमा छ । निर्देशक दीवाकर भट्टराई सँग इन्गेजमेन्ट गरेको कुरा बाहिरिए सगै उनिहरुको चर्चा बाढेको हो । 

निर्देशक दीवाकर र नायिका दीपिका दुबैले एकै समयमा आ-आफ्नो आधिकारिक फेसबुकमा तश्विर हालेका थिए । तश्विरमा उनिहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । निर्देशक दीवाकरले एक अर्काको तश्विर सगै प्रेम भाव झल्किने क्याप्सन पनि लेखेका छन् । उनलेंं “र उनि मेरा लागि सधै । समय समयमा म आफैलाई चिमोट्ने गर्छु तिमीलाई पाएको मा । तिमी मेरो समपना थियौ पुरा भयौ।। ।” यता नायिका दीपिका प्रसाईले पनि फेसवुकमा तश्विर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेकी छन्  । दीपिकाले तश्बिरसँगै क्याप्सनमा ‘र उहाँ मेरो लागि सँधै ♥ ।’ लेखेकी  छन् ।

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँ प्रेममा रहेको कुरा बेला बेला सञ्चारमाध्यममा यस अघि नै आउने गरेका थियो । तर उनिहरुले हाल सम्म खुलाएका थिएनन् । हुन त दीपिकालाई चलचित्र नगरीमा ल्याउने दीवाकर नै भएको चर्चा पनि बेला बेलामा हुने गरेको छ । दीपिका प्रसाईका अनुसार उनि चलचित्र क्षेत्रमा आउन अघि नै उनिहरु बिच चिनजान थियो । चिन जान पहिले बाट नै भएको भए पनि दीपिका र दीवाकर चलचित्र ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएको बुझिएको छ । उनिहरुले विवाह भने मंसीरमा गर्ने तयारी गरेको बताइएको छ । दीवाकर भट्टराई निर्देशित नयाँ चलचित्र ‘क्याप्टेन’ शिवरात्रीको नजिक पारेर रिलिज हुँने तयारीमा छ, उनले निर्देशन गरेको चलचित्रमा अनमोल केसीको मुख्य भूमिका देख्न सकिने छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस