रेडियो अडियो

मुन्द्रेको कमेडी क्लव मार्फत जितु नेपाल पुन सानो पर्दामा

2018/10/28   gufgaf

गफगाफ - कमेडी क्षेत्रका वादशाहा मध्यका एक हुन हास्य कलाकार जितु नेपाल । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा,ट्वाक्क टुक्क हुदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे ।  नेपाल टेलिभिजनमा प्रसारण हुने हास्य टेलिचलचित्र जिरे खुर्सानी बाट उनि कलाकार,लेखक,निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मश्तिष्कमा बस्न सफल भए । हाल जिरे खुर्सानी बन्द भइसकेको छ । 

तर हास्य कलाकार जितु नेपाल भने दर्शकको नजर बाट टाढा भएका छैनन् । झन्डै ३ दर्जन चलचित्रको राष्ट्रिय कलाकार हुदै उनि आफै कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ यतिबेला अत्याधिक सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्र छक्का पञ्जा ३ ले व्लक बष्टर व्यापार सगै चलचित्र उद्योग नै ताताइरहेका बेला उनि भने मुन्द्रे सो मार्फत सानो पर्दा मा फर्किएका छन् । 

उनै जितु नेपाल अर्थात मुन्द्रेले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । उनले गर्न लागेको कार्यक्रमको नाम मुन्द्रेको कमेडी क्लव राखिएको छ ।  मुन्द्रेको कमेडी क्लब आउने १९ गतेबाट हरेक सोमबार राती ९ बजे प्रसारण हन लगेको जितुले बताए । उनले सुरु गर्न लागेको कार्यक्रम मुद्रेको कमेडी क्लमा अन्य हास्य कलाकारहरुको पनि सहभागीता रहने छ । कार्यक्रममा जितु नेपाल सगै दिपाश्री निरौला,राजाराम पौडेल, राजेन्द्र नेपाली,उमेश राई लगायत अन्य धेरै हास्य कलाकारहरुको जम्काभेट हुने छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस