१७ औ दिनमा छक्का पञ्जा ३ को व्यापार चलचित्र इतिहास कै सबै भन्दा धेरै

2018/10/28   gufgaf

गफगाफ -  यहि दशैको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो छक्का पन्जा ३ । चलचित्र लाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि हालसम्म पनि  उस्तै व्यापार गरिरहेको छ ।  हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौ चलचित्र बजारको व्यापारमा यो व्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

फुलपाती बाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आए सगै यस चलचित्रको व्यापारमा ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई  फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन । छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ । र निरन्तर गरिरहेको छ ।  चलचित्र रिलिज भएको १८ औ दिन सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाण्डौ उपत्यकामा मात्र करिव ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यस्तै काठमाण्डै उपत्यका बाहिरको १७ औ दिन सम्मको व्यापार करिव ७ करोड ९० लाख माथि भएको बुझिएको छ । उपत्यका बाहिर र भित्र दुबैको व्यापारलाई जोडेर हेर्दा १० गते सम्ममा चलचित्र ले करिव १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ । यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै व्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ । यस अघिको चलचित्र छक्का पञ्जा ले ११८ दिनमा बनाएको रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

यसै अवस्थामा चलचित्रले व्यापार गरेको खण्डमा  करिव २० लाख भन्दा माथि व्यापार गर्नेमा आशावादि रहेको निर्माता गिरीले बताए । अघिल्ला चलचित्रहरुलाई कन्टेनमा दोसी देखाउने गरिएको थियो । चलचित्रले कुनै शन्देस दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथा बस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । जस्का कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाह लगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस