रेडियो अडियो

कार्टून्ज क्रुु को मुसु मुसु हाँसेर ट्रेन्डिङ पहिलो नम्बरमा,कस्तो छ गीत

2018/10/28   gufgaf

गफगाफ - चर्चित डान्स ग्रुप कार्टून्ज क्रुु टिमको अभिनय रहेको मुसु मुसु हाँसेर बोलको गीतले सार्बजनिक भएको छोटो समयमानै दर्शकको राम्रो साथ पाएको छ । गीत रिलिज भएको दुई दिनमै करिब साँढे तिन लाख बराबरको भियुज प्राप्त गरेर युटुब ट्रेन्डिङ १ मा पर्न सफल भएको गीतमा कार्टून्ज क्रु टिम फरक तरिकाले प्रस्तुत भएको छ । चितवनको पर्यटकीय नगरी सौराहाको थारु समुदायमा छायांकन गरिएको गीतमा कार्टून्ज क्रु टिम पनि थारु लबजमानै प्रस्तुत भएका छन् । निकै राम्रो बनेको गीतको भिडियोले थारु सँस्कृतिलाई पनि देखाउन खोजिएको छ ।

गीतमा भेषराज गौतमको आवाज रहेको छ भने राजेन्द्र बजगाँई शब्द संगीत रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई पुस्कर सुनुवारले एरेन्ज गरेका छन् । प्रविन श्रेष्ठको सम्पादन रहेको गीतमा कार्टून्ज क्रु का सरोज अधिकारीकै कन्सेप्ट, कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतमा कार्टून्ज क्रु का सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डी घले, राम घले, सुबिन चौहान र साजन चौहानको अभिनय रहेको छ । गीतले १७ हजार बढी लाईक प्राप्त गर्दा हजार भन्दा बढी डिसलाईक प्राप्त गरेको छ । गीतले सकारात्मक प्रतिक्रिया संगै नकारात्मक प्रतिक्रिया पनि पाएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस