समस्यामा कपिललाई मिल्यो सलमानको साथ

2018/10/29   gufgaf

गफगाफ - अभिनेता सलमान खानले बलिवुडमा केही कलाकारहरुलाई डेब्यु गराएका छन् भने केही कलाकारको बिग्रिएको करिअर सुधार्न सहयोग गरेका छन् । बबी देओल, कटरिना कैफ, गोविन्दा लगायतलाई सलमानले त्यतिबेला साथ दिए जतिबेला उनीहरुको करिअर धरापमा थियो । अब यो सूचिमा कमेडियन कपिल शर्माको नाम पनि थपिएको छ । भारतीय सञ्चार माध्ययमका अनुसार कपिल शर्माको आगामी शो द कपिल शर्मा शो  सलमान खानले निर्माण गर्ने भएका छन् । कपिलका यस अघिका दुई सिजन फरक फरक मिडिया हाउसले निर्माण गरेका थिए । पहिलो सिजनलाई  कपिल शर्माकै प्रोडक्शन हाउस के नाईनले निर्माण गरेको थियो भने दोस्रो सिजनलाई फ्रेम्स प्रोडक्शन हाउसले ।

तर दोस्रो सिजनको समयमा भएको घटना पछि फ्रेम्सले कपिलको शो निर्माण गर्न मानेन ।  कपिलको अव्यवसायिक बानी व्यवहारका कारण  निर्माता र कपिलको सम्बन्ध बिग्रिएको थियो ्जुन अहिलेसम्म पनि  सुध्रिएको छैन ।अर्का तर्फ कपिल यतिबेला आफै शो निर्माण गर्न सक्ने अवस्थामा पनि छैनन् ।  यहि कारण कपिलले बिगत केही समय यता केही व्यक्तिहरुलाई साथमा ल्याउने कोशिष गरेका थिए  । तर उनी त्यसमा असफल रहे ।  करिअर कता लाग्छ भन्ने टुंगो नभएका कपिललाई अन्तत सलमान खानले सहयोग गर्ने निर्णय लिएका छन् । कपिलको कार्यक्रमको आगामी सिजन सलमान खानको प्रोडक्शन हाउसले निर्माण गर्ने भएको छ ।

कार्यक्रममा हुने कलाकारहरुको छनौट भईरहेको छ । च्यानल ल कपिलले सकेसम्म पुराना सबै कलाकारलाई ल्याउने कोशिष गरेको छ । तर अहिले सम्म यो फाईनल भएको छैन ।कपिलले आफ्नो शोमा कलाकार सुनिल ग्रोभरलाई ल्याउन चाहेका छन्  । तर    सुनिलले यसमा खासै चासो देखाएका छैनन् । यतिबेला च्यानल र कपिल दुवै सुनिललाई मनाउने कोशिषमा छन्  ।
कपिल शर्मा शो को यो सिजन पनि पहिलेको जस्तै हुनेछ । कार्यक्रममा बलिवुड  तथा  अन्य क्षेत्रका व्यक्तिहरु आएर सिनेमा र अन्य उत्पादनको बारेमा प्रचार गर्नेछन् । यो शो आगामी जनवरी देखि शुरु हुने भएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस