फाप्ला त स्वस्तिमालाई टेम्पो ?

2018/10/29   gufgaf

गफगाफ - पछिल्लो समयका व्यस्त नायिकाहरु मध्यकी एक हुन स्वस्तिमा खड्का । पछिल्लो समय उनि अभिनित चलचित्रहरु प्रदर्शनमा ता आइरहेका छन् नै  । उनि छायंकन हुन बाकी चलचित्रहरुमा पनि अनुबन्धित भइरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र जय भोलेले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । प्रदर्शन रत चलचित्र छक्का पञ्जा ३ मा पनि उनले विशेष भुमिका निर्वाह गरेकी छिन् ।  केही समय अघि मात्रै चलचित्र बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला दाल भात तरकारीको तयारीमा छिन । सगै उनि  विकास राज आचार्यले निर्माण गर्न लागेको आगामी चलचित्र हजार जुनी सम्म मा पनि  अनुबन्धित भइसकेकी छिन । 

चलचित्र ‘होस्टेल रिटन्र्स’ मार्फत चलचित्र नगरीमा उदाएकी स्वस्तीमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो । चलचित्र निर्देशक तथा स्वस्तीमाका श्रीमान निश्चल बस्नेत संग चलचित्र ‘दुइ रुपैया’ मा समावेश ‘कुटमा कुटु’ बोलको गीतमा काम गरेपछि स्वस्तीमाको करिअर निरन्तर अघि बढेको छ । त्यस्तै यहि गीतको सफलता पछि उनले चलचित्र ‘छक्का पन्जा २’ मा पनि काम गर्ने अवसर प्राप्त गरिन । 

यस अघि अभिनय गरेका सबै चलचित्रहरुमा भन्दा फरक भुमिकामा देखिन लागेको चलचित्र हो ‘बुलबुल’ । नायिका स्वस्तिमा खड्का यितिबेला चलचित्र ‘बुलबुल’मा उनले निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन । चलचित्रमा उनले एक ट्याम्पु चालिकाको भुमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनको ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी बताइएको छ ।  

साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । नेपाली चलचित्र ‘साँघुरो’का लेखक बिनोद पौडेलले  यसै चलचित्र बाट निर्देशनमा डेब्यु गरेका छन् । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरेको छ । निर्माता अबिरल थापाले बताए अनुसार चलचित्रको रिलिज भ्यालेन्टाइन डेको अवसरमा हुने बताइएको छ । 
यसै बिच चलचित्र ‘बुलबुल’मा समाबे ‘खुद्राखुद्री’ बोल गीतको रिलिज अन्यको भन्दा फरक हिसावले गर्ने तायरी गरिएको छ । उक्त गीतलाई लोक लयमा निर्माण गरिएको छ । ‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा गीत रिलिज गर्ने तयारी भइरहेको बताइएको छ । यस गीतको छायंकन गर्न निकै कठीन भएको निर्माण पक्षको भनाई छ । २५ वटा भन्दा धेरै टेम्पो र १०० वटा भन्दा धेरै कारहरुलाई समायोजन गरेर चलचित्रमा समाबेश उक्त गीतको छायंकन गरिएको निर्देशकको भनाई छ ।  उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । यो गीतमा स्वस्तिमाका श्रीमान निश्चल बस्नेत र रजिना रिमालको स्वर सुन्न सकिन्छ । गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत छ । 

‘ नेपाली मिति अनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं,‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’ चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।  चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस