रेडियो अडियो

जनकको घर निर्माण सहयोगको लागी कलाकार शिशिर भण्डारीको यस्तो अपिल 

2018/10/29   gufgaf

गफगाफ -सफल मिडियाकर्मी, सफल कलाकार, सफल युटुबरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका शिशिर भण्डारीलाई मन पराउने धेरै छन् । कलाकारिता र संचारमाध्यम संगै सामाजिक काममा पनि सक्रिय शिशिर भण्डारी दाङका जनक गन्दर्भको घर निर्माण सहयोगका लागि जुटिरहेका छन् । अशक्त आमाबुवालाई पाल्न र ८ बर्षका भाईलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ बर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन् । सरकारले सबैको घर बनाईदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बनेको छैन ।

कलाकार शिशिर भण्डारीले भाईहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका छन्, हाल राजधानीको कलंकीमा आफ्नै गाँउको काका सँग बस्दै आएका जनकसँग सारंगी बजाउने संगै गाउने साथै आफ्नो प्रस्तुति हेर्ने मानिसहरुलाई मनोरंजन प्रदान गर्न सक्ने कला समेत रहेको छ । देश विदेश बाट करिब १५ लाख बराबरको नगद संकलन गरिसकेपछि घर निर्माण सुरु गर्ने बताएका शिशिर भण्डारी केहि समय अगाडी उनै जनकको घर दाङ समेत पुगेका शिशिर भण्डारीले उनको पारिबारिक अबस्था समेत बुझेका थिए । जनकको घरको पारिबारिक अबस्था निकै नाजुक देखेर आफुलाई जनकको घर बनाईदिनु पर्छ भन्ने लागेर घर निर्माण सहयोगमा जुटेको बताएका छन् । 

जनक र बिराजलाई पहिलोपटक गोपीकृष्ण हलमा भेटेका भण्डारीले उनीहरुको भिडियो तयार पार्दै हजार रुपैँया समेत सहयोग गरेका थिए । उक्त भिडियो युटुबमा आईसकेपछि जनक र बिराजको प्रतिभालाई धेरैले मन पराएका थिए । त्यसपछि भिडियोमा जनक र बिराजको लागि सकारात्मक प्रतिक्रिया आएपछि भन्डारीले उनीहरुलाई युटुब बाट आएको रकमले जनक र बिराजलाई सपिङ पनि गराएका थिए । हाल जनक गन्धर्व घर निर्माण अभियान अन्तर्गत युकेबाट सन्दिप पौडेलको पहलमा अन्य थुप्रै सहयोगी साथीहरु मिलेर ५००० पाउण्डको लक्ष्य सहित अभियान सुरु भैसकेको भण्डारीले बताएका छन् । 

जनक गन्धर्व घर निर्माण अभियानमा सहयोग गर्न अपिल गर्दै भन्डारीले थुप्रै मिडियाकर्मी माझ अपिल समेत गरेका थिए । जनकलाई भेटेको लगभग १ महिना भन्दा बढी भैसक्दा अहिले सम्म प्रत्यक्ष रुपमा सहयोग गर्दै आएका आफ्नै युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल का क्यामरा पर्सन लक्ष्मण राज अधिकारी प्रति धेरै आभार प्रकट गर्दै सहयोग गर्नको लागि आफ्नो नेपाल इन्भेस्टमेन्ट बैंक ०२८०५०८०३९९४१८ मा जम्मा गरिदिन आग्रह समेत गरेका छन् । अन्य जानकारीको लागि यो भिडियो हेर्नुस 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस