मलाईका र अर्जुनको विहे हुने !

2018/10/29   gufgaf

गफगाफ - आईटम गर्ल मलाईका अरोडाले अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेको एक वर्ष नाघिसकेको छ । हालै मात्र दिएको अन्र्तवार्तामा उनले अरबाजसँग सम्बन्ध बिच्छेद गरेपछि आफू पहिले भन्दा धेरै खुशी भएको बताएकी छिन् ।  मलाईकाले आफूले पहिले भन्दा धेरै शान्ती र सहज महसुस गरेको बताएकी छिन् ।  उता अरबाजले हालै मात्र एउटा कार्यक्रममा बोल्दै आफूले विगत २१ वर्ष देखि नै सम्बन्धलाई  राम्रो बनाएर अघि बढ्ने कोशिष गरेको तर आफू यो कोशिषमा असफल रहेको बताएका छन् ।

मलाईका र अरबाजले ५ वर्षको प्रेमपछि सन् १९९८ मा विवाह गरेका थिए ।उनीहरु २०१६ देखि अलग बस्न थाले र अन्तत २०१७ मा उनीहरुको सम्बन्ध टुंगियो  ।  सम्बन्ध बिच्छेद पछि मलाईका र अरबाजका छोरा अरहान मलाईकासँग बस्छन् । छोराकै कारण सम्बन्ध बिच्छेद पछि पनि मलाईकालाई अरबाज र उनको परिवारसँग देखिन्छ ।

मलाईका र अरबाजको सम्बन्ध बिच्छेद हुनुमा मलाईकाको अभिनेता अर्जुन कपूरसँगको अफेयर भएको बताईन्छ ।  हुन  पनि अरबाज सँग सम्बन्ध बिच्छेद भएपछि मलाईका र अर्जुनको भेटघाट र घुमघाम बाक्लिएको छ ।उनीहरुले छिट्टै विवाह गर्ने खबरहरु पनि यतिबेला भारतीय सञ्चार माध्ययमहरुले प्रकाशित गरिरहेका छन् । तर यस विषयमा उनीहरुको भनाई भने सार्वजनिक भएको छैन ।

उता अरबाजले पनि मलाईकासँग अलग भएपछि  मोडल तथा अभिनेत्री जर्जिया एड्रियानीलाई डेट गरिरहेका छन् ।  यी दुईलाई पछिल्लो समय प्राय  एक साथ देखिन्छ । केही समय अघि उनीहरुको विवाहको खबर पनि आएको थियो । तर अबराजले भने यस कुरामा आफूले हतार गरेर निर्णय नलिने बताएका छन् ।  त्यस्तै जानकारी अनुसार अरबाजको विवाहको लागि खान परिवारको सहमती पनि मिलेको छैन । सलमान र मलाईकाको सम्बन्ध टुट्नुको कारण अरबाजको करिअर पनि हो भन्ने गरिएको छ । कन  भने आफ्नै दममा अरबाजले केही पनि गर्न सकेका छैनन् । उनी  करिअरको शुरुवात देखि अहिलेसम्म दाई सलमानकै भरमा छन् ।

तर मलाईकाले भने आफ्नै दममा आफ्नो करिअर बनाएकी हुन् । जानकारी अनुसार मलाईकाले अरबाजसँग सलमानको भाई भनेर मात्र विवाह गरेकी थिईन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस