यस्तो छ चङगा चेटको शीर्ष गीत

2018/10/30   Gufgaf

 

प्रदर्शन मिति नजिकिदै गर्दा सिनेमा चङगा चेटको शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार बेलुका सिनेमाको शीर्ष गीत चङगा चेटलाई युट्युब च्यानल ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । 

सिनेमाको शीर्ष गीतमा सिनेमाका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, रविन्द्र झा लगायतलाई फिचर गरिएको छ । 

यो गीतमा  कोशिष क्षेत्रीको शब्द संगीत तथा आवाज रहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो सिनेमा कार्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो सिनेमामा  आयुष्मान, प्रियंका, संदीप र रविन्द्रका अलावा  अर्पण थापा, परमीता आरएल राना, सुरक्षा पन्त, शिशिर वाङगेल, माओत्से गुरुङ, सरीता गिरी, पुष्कर गुरुङ ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 

सिनेमामा कलाकारहरु निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको यो सिनेमालाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस