गोजीमा दाम छैन हिट भएपछि संगीतकारलाई उपहार

2018/10/30   Gufgaf

सिनेमा ‘चङ्गाचेट’ कार्तिक १६ गते देखि प्रदर्शनमा आउँदैछ । यस सिनेमामा समावेश गोजीमा दाम छैन बोलको गीत यतिबेला सबैको मुखमा झुण्डिएको छ । विशेष गरी टिकटोकमा यो धेरै प्रयोग हुने गीतमा परेको छ । यो गीतको सफलताले सिनेमाको कारोबारमा फाईदा पुग्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । 

यो गीतको सफलता पछि सिनेमाको प्रचारमा सहयोग पुग्ने हेतुले  निर्माण पक्षले केक काटेर सेलिब्रेशन गरेको छ । मंगलबार काठमाण्डौमा गीतले डेढ करोड भ्यूज पाएको खुशीमा निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा टिमले केक काटेर खुशी मात्रै मनाएन गीतका संगीतकार राजन राज सिवाकोटीलाई उपहार समेत दियो ।

कार्यक्रममा सिनेमाका निर्माता माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । उनले राजनलाई गीतले एक करोड भन्दा धेरै भ्युज पाएको उपलक्ष्यमा दिएको उपहार हो । 
यस कार्यक्रममा सिनेमाका मुख्य कलाकारद्धय परमिता आर एल राणा, सुरक्षा पन्त, निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतको उपस्थिती थियो । 
यस सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस